Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न अध्यक्ष ओलीको आग्रह

Sambridinews by Sambridinews
शनिबार, अशोज १३, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न अध्यक्ष ओलीको आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
twitter sharing button
sharethis sharing button

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले शुरू गरेको समृद्धि र विकासको अभियानबाट आत्तिएकाहरूले चौतर्फी आक्रमण र घेराबन्दी गरे पनि पार्टीले ती सबैलाई तोडेर अगाडि बढिरहेको वताउनुभएको छ । 
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको आज विराटनगरमा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारमा रहँदा एमालेले देशको विकास र जनताको हितमा उल्लेख्य काम गरेको वताउनुभयो ।

नेकपा (एमाले) बाहेक जनताका समस्या बुझेको अर्को पार्टी नभएको भन्दै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक देशको प्रधानमन्त्री भएपनि केही काम गर्न नसकेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई आफ्नो कार्यकालमा गरेको एउटा राम्रो काम देखाउन चुनौती दिनुभयो । 
देशको अवस्था डामाडोल भएको बेला देशको प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा रहनु उचित नभएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिनुभयो । उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनुभएको हो । 
अध्यक्ष ओलीले भन्नुभयो– सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुहोस्, भएन भने कुहिनो नठोकिनेगरी प्रतिष्पर्धा गर्नुहोस्, हारजीत भएपछि इगो नराख्नुहोस्, चित्त दुखाउने बिषय नबनाउनुस् । 
नेकपा (एमाले) अब मिसन ८४ मा लागेको बताउँदै उहाँले भन्नुभयो– मिसन ८४ भनेको हरेक वडामा कम्तीमा ५१ प्रतिशत एमाले पुर्याउने अभियान हो । तब मात्र हाम्रो विजय सुनिश्चित गर्न सकिन्छ । 
अध्यक्ष ओलीले गल्तीले माओवादी र माधव नेपालका पछि लागेकाहरूलाई पार्टीमा आउन आग्रह गर्नुभयो । भ्रमबाट मुक्त भएर एमालेमा आउन उहाँको आग्रह छ ।
प्राकृतिक र सांस्कृतिक हिसाबले निक्कै अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको औल्याउँदै अध्यक्ष ओलीले कोशी प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको वताउनुभयो । 
अधिवेशनमा शुभकामना व्यक्त गर्दै पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन ८४ सफल बनाउन दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । 
उहाँले २०८४ मा हुने निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउन चाहन्छ भन्नुभयो ।
मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृृद्धिका लागि एमाले एक्लैले बहुमत ल्याउन जरूरी रहेको उहाँको तर्क छ । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्न सुझाव दिनुभयो । सहमति हुन नसके प्रतिष्पर्धाका नाममा गुटबन्दी र प्यानलबन्दी गर्ने छुट भने नभएको उहाँको भनाइ छ ।
अधिवेशनमा शुभकामना व्यक्त गर्दै महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा पहिचानका नाममा एमालेमाथि प्रहार भएको बताउनुभयो । 
महासचिव पोखरेलले जब जब एमाले सरकारमा हुन्छ  पहिचानको आन्दोलन हुने र नहँुदा नहुने कुरा एमालेमाथिको आग्रह भएको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेले पहिचानलाई अतिवादका रूपमा नभई राष्ट्रिय शक्तिका रूपमा लिएर अघि बढ्न चाहेको बताउनुभयो ।  
उहाँले अहिले जातीय र क्षेत्रीय नाममा जनतालाई विभाजित गर्न खोजिएको भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले विकल्पका नाममा पपुलिष्ट शक्तिहरूले समृृद्धिको आकांक्षा पूरा गर्न नसक्ने प्रष्ट पार्नुभयो ।
एमाले कोशी प्रदेश ईन्चार्ज रघुवीर महासेठ र स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । उद्घाटन समारोह प्रदेश अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको थियो । 

You might also like

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

Related

Previous Post

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

Next Post

एसियाली खेलकुदमा दीपक अधिकारीको राष्ट्रिय कीर्तिमान

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
Next Post
एसियाली खेलकुदमा दीपक अधिकारीको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुदमा दीपक अधिकारीको राष्ट्रिय कीर्तिमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

शनिबार, असार ७, २०८२
प्रतिनिधि सभा बैठक जारी

प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधि सभामा विश्वासको मत लिँदै

शुक्रबार, असार २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In