काठमाडाैं । रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
बुधबार बिहान रजनटारबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको छ।