काठमाडौ। भदौ १४, प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ ।
सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले जनाएका छन् । विभिन्न १० विद्यालयबाट ब्वाइज÷गल्र्समा समान १०–१० खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी गराए ।
ब्वाइज÷गल्र्समा सहभागी खेलाडीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । एकदिने प्रतियोगिताका खेलहरु चावहिलस्थित सेन्ट लरेन्समा हुनेछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: