Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसिया कप खेल्न नेपाली टोली पाकिस्तानतर्फ

Sambridinews by Sambridinews
बुधबार, भदौ १३, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
एसिया कप खेल्न नेपाली टोली पाकिस्तानतर्फ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

भदौ १३ , नेपाली क्रिकेट टोलीले एकदिवसीय विश्वकपका पूर्वविजेताहरू भारत र पाकिस्तानसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै छ । मंगलबार राति टोली पाकिस्तानतर्फ लागेको छ । एसिया कपमै पहिलो सहभागितामा नेपालले विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रहरूविरुद्ध खेल्न अवसर पाएको हो ।

नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन् । दुवै बलिया राष्ट्रविरुद्ध भिड्न नेपाल तयार भएको कप्तान रोहित पौडेलले बताए । पाकिस्तानमा प्रशिक्षण र प्रतिस्पर्धा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कपमा उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यका साथ प्रशिक्षण भएको जनाए ।

You might also like

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

‘धेरै समयपछि हाम्रो सपना पूरा हुँदै छ, सबै खेलाडी भारत र पाकिस्तानसँग खेल्न पूर्ण रूपले तयार छन्,’ बिदाई समारोहमा उनले भने, ‘यद्यपि, नतिजा हातमा नरहे पनि मैदानमा शतप्रतिशत दिने प्रयास हुनेछ ।’ आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज र जिम्बावेसँग खेलेको अनुभव एसिया कपमा काम लाग्ने पौडेलले बताए । ‘हामीले विश्वकप छनोट खेलमा धेरै अनुभव लियौँ, वेस्ट इन्डिज र जिम्बावेजस्ता बलियो राष्ट्रसँग खेल्न मौका पायौँ,’ डेढ महिनाअघि जिम्बावेमा भएको ग्लोबल छनोट अनुभव उनले साटेका छन्, ‘सोही अनुभव एसिया कपमा काम लाग्नेछ ।’

एक महिनाअघि नेपालले एसियन क्रिकेट काउन्सिल ९एसिसी०ले आयोजना गरेको एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा नेपालले भारत र पाकिस्तानको ‘ए’ टोलीविरुद्ध खेलेको थियो । कप्तान पौडेलले इमर्जिङ टिम्स र ग्लोबल छनोटमा गरेका गल्तीमा खेलाडीले सुधार ल्याएकोे उल्लेख गरेका छन् । ‘विश्वकप छनोट र इमर्जिङ कपबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ, यति वेला खेलाडीले आ–आफ्नो कमजोरीमा सुधार गरेका छन् ।’

उनले प्रशिक्षणका क्रममा उत्कृष्ट नतिजा कसरी दिने पक्षमा केन्द्रित भएको बताए । ‘अहिले हाम्रो ध्यान नै प्रतियोगितामा कसरी उत्कृष्ट दिन सकिन्छ भन्ने हो, सबैजसो यसै पक्षमा केन्द्रित भएका छौँ,’ उनले भने । एकदिवसीय विश्वकप ग्लोबल छनोट र इमर्जिङ टिम्समा नेपाली ब्याट्सम्यान सट बलमा कमजोर देखिएका थिए ।

माथिल्लो क्रमका ब्याट्सम्यानहरू यसै सर्ट बलमा आउट भएका थिए । एसिया कपको तयारी क्रममा सर्ट बलमा पनि अभ्यास गरेको उनको भनाइ छ । ‘सर्ट बलमा हामीले तयारी गरिरहेका छौँ, अरू सटहरू खेल्न प्रयास गर्नेछौँ,’ उनले भने । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सर्ट बललाई एक समस्याका रूपमा लिन नहुने आग्रह गरेका छन् । उनले विश्व क्रिकेटमा नाम चलेका ब्याट्सम्यान पनि सर्ट बलमै आउट भएको प्रसंग जोडे ।

‘सर्ट बलमा विश्वकै नाम चलेका खेलाडी आउट हुन्छन्, यसलाई नेपाली टोलीको समस्याका रूपमा नलिन आग्रह गर्छु,’ खेलाडीलाई हौसला दिँदै उनले भने, ‘अहिले यसैमा हामी केन्द्रित छौँ ।’ उनले टेस्ट राष्ट्रका पूर्ण सदस्यलाई हराउन समय लाग्ने जनाए । ‘भारत र पाकिस्तानको क्रिकेटमा ठूलो इतिहास छ, उनीहरूलाई हराउन धेरै समय लाग्छ,’ असम्भव नतिजाको आशा गर्न संकेत गर्दै उनले भने, ‘हामीकहाँ धेरै समस्या छन्, खेलाडीले विगत केही समयदेखि लाइटविना इन्डोर प्राक्टिस गरेका छन् ।’ एसिया कप ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुँदै छ । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ ।

सन्दीप नेपाली टोलीसँग नजाने
एसिया कपमा सहभागी हुन खेलाडी पाकिस्तानतर्फ जाँदैगर्दा प्रमुख लेग स्पिनर सन्दीप लामिछाने तत्कालका लागि नजाने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तान जाने टोलीसँगै सन्दीप नजाने बताएका छन् । सन्दीप फिट भए पनि उनी प्रावधिक कारण पाकिस्तान नजाने भएका हुन् । यसअघि उनी फिट भए प्रतियोगितामा सहभागी गराउने चन्दले गरेका थिए । आइतबार र सोमबारको बन्द प्रशिक्षणमा पनि सन्दीपले अभ्यास गरेका थिएनन् । नाबालिग बलात्कारको आरोपमा उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

मोन्टीले दुवै राष्ट्रका राष्ट्रिय गान गाउने
नेपाल र भारतबीचको खेल १८ भदौमा श्रीलंकामा हुनेछ । खेल सुरु हुनुअघि दुवै राष्ट्रका राष्ट्रिय गीत बजाइन्छ । भारतीय मूलका प्रशिक्षक देसाईले नेपाल र भारतका राष्ट्रिय धुनमा गाउने बताएका छन् । ‘प्रतियोगितामा राष्ट्रिय गान बजाइयो भने दुवै देशको राष्ट्रिय गान गाउनेछु,’ उनले भने, ‘खेलबारे प्रश्न गर्दा म पूर्ण रूपमा नेपाली केटाहरूमै समर्पित हुनेछु ।’ उनले भारत र पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली खेलाडीका प्रत्येक क्षणमा रोमाञ्चित हुने जनाए । ‘जो पहिलोपटक भारत र पाकिस्तानसँग खेल्दै छन्, उनीहरूले विकेट लिएको वेला, बाउन्ड्री लगाउँदा वा आउट गर्दा कसरी सेलिब्रेट गर्छन्, हेर्न आतुर छु,’ उनले भने ।

राष्ट्रपति पौडेलबाट बिदाइ
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने खेलाडीलाई शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार खेलाडीहरूलाई राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीको व्यक्तित्व निर्माण गर्ने बताए । ‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ,’ उनले भने, ‘यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगत्का लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्दछ भन्ने मलाई लाग्छ ।’ उनले भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने अवसर नेपाली खेलाडीका लागि थप उत्साहको विषय भएको बताए । ‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको मिहिनेत र परिश्रम आवश्यक छ,’ उनले भने ।

ओलीले भेटेरै खेलाडीलाई शुभकामना दिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिया कपमा खेल्न जाने नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । खेलाडी बसेको होटेलमा ओलीले सोमबार साँझ खेलाडीहरूलाई भेटेरै शुभकामना दिएका हुन् । केही समयअगाडि ओलीले सोसल मिडियामा एसिया कप खेल्ने खेलाडीसँग भेट्ने बताएका थिए ।

Related

Previous Post

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालसहित ६५ जना नेकपा(एमाले)मा

Next Post

नेपालमा आजदेखि एमसीसी परियोजना लागु हुदै : व्याख्यात्मक टिप्पणी मान्य हुने अमेरिकी सरकारको भनाइ

Sambridinews

Sambridinews

Related Posts

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ पुन पक्राउ

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
Next Post
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

नेपालमा आजदेखि एमसीसी परियोजना लागु हुदै : व्याख्यात्मक टिप्पणी मान्य हुने अमेरिकी सरकारको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कालिञ्चोक दर्शन लिमिटेडकाे  १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला

कालिञ्चोक दर्शन लिमिटेडकाे १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला

मङ्लबार, माघ ३, २०७९
राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

आइतवार, भदौ ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

शुक्रबार, माघ २४, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ पुन पक्राउ

शुक्रबार, माघ २४, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
TOP STORIES

शुक्रबार सुनकाे भाउ ४ हजारले घट्याे

शुक्रबार, माघ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In