Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

Sambridinews by Sambridinews
शुक्रबार, साउन २६, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउन २६, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसलाई सच्याउने तयारीमा देखिएका छन् ।

उनले विधेयकलाई सुधार गरेर मात्रै संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता नहुँदै विधेयकमाथि सरोकारवालाले विरोध जनाएपछि सच्याएर मात्रै अघि बढाउने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।

You might also like

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले विधेयकको कतिपय व्यवस्था प्रारम्भिक मस्यौदामा भन्दा उल्टो भएको गुनासो नै गरे । ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, बनेर फर्केर आउँदा कतिपय विषय बिल्कुल उल्टो भएर आएको देखियो । हामीले संसद्मा पठाइहाल्न खोजेको विधेयक रोक्यौं । सुधार नगरी पठाउन नहुने भयौं,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी त्यसको खोजीमा छौं । कसले कहाँबाट त्यस्तो गर्‍यो त रु क्याबिनेटमा हामीले राम्रोसँग हेर्न पाएका छैनौं । मिडिया र बजारमा यो सही र यो गलत भन्ने कुरा कसरी भयो रु त्यस विषयमा कि पहिल्यै सरोकारवालाबीच कुरा भएको हुनुपर्‍यो । सरकारको हातको कुरा बजारमा कसरी पुग्यो अलि गम्भीर देखिएको छ ।’

सत्तारूढ दलका नेतासँग पनि प्रधानमन्त्री दाहालले विरोधमा आएका केही बुँदा परिवर्तन गरेर विधेयक संसद्मा दर्ता गराउने बताएको कांग्रेसनिकट एक नेताले बताए । ‘निजीलाई ५ वर्षभित्र विकल्पबिनै गुठीमा लैजाने, जिल्ला शिक्षा कार्यालय राख्ने बुँदामा धेरै विरोध आएको छ,’ ती नेताले कान्तिपुरसँग भने, ‘यी कुरा मन्त्रिपरिषद्बाटै सुधार गरेर संसद्मा लैजाने सम्भावना बढ्दै गएको छ ।’ सांसदसमेत रहेका ती नेताले निजी विद्यालयलाई शैक्षिक गुठीमा जान राज्यले प्रोत्साहन गर्ने व्यवस्था ऐनमा राख्नुपर्ने र कडाइपूर्वक नियमन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले विधेयकमा नमिल्दो कतिपय बुँदा हेरफेर भइरहेको बताए । स्रोतका अनुसार मुख्यसचिव वैकुण्ठ अर्यालले संसद्मा लैजान तयारी रहेको विधेयकका प्रावधानमाथि शिक्षा सचिव सुरेश अधिकारी र विद्यालय शिक्षा महाशाखा सहसचिव दीपक शर्मालाई प्रधानमन्त्री कार्यालयमा डोकेर छलफल र परामर्श पनि गरिरहेका छन् ।

‘विवादमा आएका कतिपय कुरा शिक्षा मन्त्रालयबाट तयार पारिएको प्रारम्भिक मस्यौदाभन्दा पनि अर्थ मन्त्रालय, कानुन मन्त्रालय र मन्त्रिपरिषद्को विधायन समितिबाट थपघट भएको छ । ती कुरा शिक्षा मन्त्रालयले हटाउन सक्दैन, क्याबिनेटबाटै टुंगो लगाउनुपर्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

शिक्षा मन्त्रालयसमेत सम्हालेका बेला प्रधानमन्त्री दाहालले सैद्धान्तिक सहमतिका लागि विधेयक गत माघमा अर्थ मन्त्रालय पठाएका थिए । अर्थको सैद्धान्तिक सहमतिपछि विधेयक कानुन मन्त्रालय पठाइएको थियो । चैतमा शिक्षामन्त्रीमा राई नियुक्त भएको दुई महिनापछि सैद्धान्तिक सहमतिसहित विधेयक शिक्षा मन्त्रालय फर्किएको थियो । त्यसपछि मन्त्रिपरिषद्मा लगिएको विधेयक विधायन समितिमा दुई महिनासम्मको छलफलपछि पारित भएको थियो । मन्त्रिपरिषद्ले साउन १६ मा पास गरेर संसद्मा लैजान सैद्धान्तिक सहमति दिएको विधेयक १० दिनसम्म शिक्षा मन्त्रालय फर्किएको छैन । कानुनको रायसहित शिक्षा मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गर्ने र शिक्षामन्त्रीले संसद्मा पेस गर्नुपर्ने प्रक्रिया छ । विधेयकमा रहेको कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक निजी वा सार्वजनिक शैक्षिक गुठीमा लैजाने बाध्यकारी व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले विरोध गर्दै आएका हुन् । २०५८ सालदेखि निजी विद्यालय कम्पनीमा दर्ता भएर सञ्चालन हुँदै आएका हुन् । निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सन र हिसानले बिहीबार विधेयकको उक्त व्यवस्थाको विरोधमा माइतीघरमा प्रदर्शन गरेका थिए ।

हिसान अध्यक्ष रमेश सिलवालले निजी विद्यालयलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिनुपर्ने एकसूत्रीय माग रहेको बताए । ‘मन्त्रिपरिषद्बाटै विधेयकमा सुधार गरेर संसद्मा पेस गर्नुपर्छ भनिरहेको छौं,’ उनले भने, ‘५ वर्षभित्र गुठीमा जाने व्यवस्था परिवर्तन गरेमा हाम्रो आन्दोलन स्थगित हुन्छ ।’ शिक्षामन्त्री अशोककुमार राईलाई आफ्ना मागबारे जानकारी गराइएको उनले बताए । निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा लैजाने, जिल्ला शिक्षा कार्यालय राख्ने, शिक्षक स्थानीय तहअन्तर्गत रहने, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सम्बन्धित वडाको वडाध्यक्ष वा वडा सदस्य रहने विधेयकको व्यवस्थामाथि सरोकारवालाले असन्तुष्टि जनाउँदै आएका छन् ।

Related

Previous Post

एन आई सी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक

Next Post

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिलकुमार शर्मा सहित ५ जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न
FEATURED

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
Next Post
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिलकुमार शर्मा सहित ५ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिलकुमार शर्मा सहित ५ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द

सरकारले किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउदै

शुक्रबार, भदौ २२, २०८०
विहीबारदेखिकाे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या ८७ जना

विहीबारदेखिकाे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या ८७ जना

शनिबार, अशोज १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३
रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न
FEATURED

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

शनिबार, बैशाख ५, २०८३
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In