Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, साउन २३, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

२३ साउन, झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरु श्रम ऐन तथा नियमावलीबमोजिम न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा नपाएको भन्दै मिति २०८० असार ३१ गतेदेखि आन्दोलनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगको कोशी प्रदेश कार्यालयले यस सम्बन्धमा अनुगमन गरिरहेको छ ।
चिया बगानमा कार्यरत श्रमिकहरुले न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षा कोष ऐन, २०७४ अनुसार पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको, करिब ८० प्रतिशत महिला श्रमिक कार्यरत रहेकोमा प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, बास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताले तलब, भत्तालगायतका सेवा सुविधा समयमा उपलब्ध नगराएको, बिषादीका कारण श्रमिकहरु दीर्घ रोगी बन्नु परेको, न्यूनतम तलब २÷२ वर्षमा पुनरावलोकन भई वृद्धि हुनुपर्नेमा नभएको, सेवानिवृत्त श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको, राजीनामा वा मृत्यु भई सेवाबाट बाहिरिँदा उपदान वापत पाउनुपर्ने रकम प्राप्त गर्न बर्षाँै कुर्नुपर्ने बाध्यता रहेको, पेशागत स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध हुन नसकेको आयोगले हालै झापा तथा इलामका चिया बगानमा गरेको अनुगमनबाट पाइएको छ ।
नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । त्यस्तै, श्रम ऐन २०७४ ले रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, साप्ताहिक, सार्वजनिक, सट्टा, घर, बिरामी, प्रसूति, किरिया लगायतका बिदाको व्यवस्था गरेको छ । साथै, सञ्चय कोष, उपदान, औषधी उपचार बीमा, दुर्घटना बीमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निःशुल्क प्राथमिक उपचारलगायतका व्यवस्थाहरु पनि श्रम ऐन २०७४ ले गरेको छ । नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले व्यक्तिको काम गर्ने अधिकार, न्यूनतम पारिश्रमिक, विश्राम, फुर्सद तथा कार्य घण्टाको उचित सीमाङ्कन, वृत्तिविकासको अधिकार, ट्रेड युनियन खोल्ने लागायतका अधिकारहरुको उल्लेख गरेको छ । उल्लिखित कानूनहरुको कार्यान्वयनमा सम्बन्धित पक्ष संवेदनशील हुन नसक्दा चिया बगानमा कार्यरत श्रमिकहरु लामो समयदेखि विभिन्न समस्याहरु झेल्दै आइरहेका छन् ।
अत ः श्रमिकहरुको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरावलोकन गर्न, पेशागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा चिया बगानका श्रमिकहरुलाई आबद्ध गर्न, उपदानवापत श्रमिकले पाउने रकम समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वार्ताको माध्यमबाट आन्दोलनरत श्रमिकका उचित मागहरु तत्काल सम्बोधन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आयोग आग्रह गर्दछ ।
ः

Related

Previous Post

राष्ट्रिय उमा कुङफु भदौमा

Next Post

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

Sambridinews

Sambridinews

Related Posts

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
Next Post
कोरियामा तेक्वान्दोकर्मी सम्मानित

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनसान काठमाडौं (फाेटाे फिचर)

सुनसान काठमाडौं (फाेटाे फिचर)

मङ्लबार, अशोज १८, २०७९
फगत पुँजीवाद

फगत पुँजीवाद

शनिबार, कार्तिक ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

शुक्रबार, कार्तिक १, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
TOP STORIES

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य

बिहिबार, अशोज ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In