Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, साउन ७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार (२०८०।०४।०५) जनकपुरधाम र शनिबार २०८०।०४।०६) सिमरामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुसँग विभिन्न विषयमा छलफल भएको थियो ।

You might also like

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो । यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि निर्देशन दिनुभयो । सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताउनु भयो ।

मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पु¥याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेश प्रदेशका राजमार्ग लगायतका स्थानमा टावरलगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरुको भूमिका हुने बताउनु भयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरीप्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनु भयो । मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थान (इीत्) बाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिनुभयो । मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो ।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका वारेमा जानकारी दिनुभयो । आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेश स्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको बताउँदै उहाँले आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्त दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधै सहयोग गर्ने बताउनु भयो ।

सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको वारेमा उप–प्रबन्धक नवल चौधरी र ब.ई. बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उप–प्रबन्धक समिर बहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उप–प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो ।

अन्तरक्रियाको अवसरमा जनप्रतिनिधिहरुले नेपाल टेलिकमको सेवा वारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसलाई प्रभावकारी बनाउने वारेमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । जनप्रतिनिधिहरुले राखेका विभिन्न जिज्ञासाको वारेमा माननीय मन्त्रीज्यूका साथै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान लगायतले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसदहरु, स्थानीय निकायका प्रमुखहरु र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

Related

Previous Post

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Next Post

भेलाको निष्कर्ष फेरबदल गरिएको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्षकाे आपत्ति 

Sambridinews

Sambridinews

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
TOP STORIES

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, असार ३२, २०८३
अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

by Sambridinews
बिहिबार, असार ३२, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, असार ३२, २०८३
हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे
FEATURED

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

by Sambridinews
बिहिबार, असार ३२, २०८३
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा
TOP STORIES

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

by Sambridinews
बुधबार, असार ३१, २०८३
Next Post
भेलाको निष्कर्ष फेरबदल गरिएको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्षकाे आपत्ति 

भेलाको निष्कर्ष फेरबदल गरिएको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्षकाे आपत्ति 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज तीजको असली दर खाने दिन

आज तीजको असली दर खाने दिन

बिहिबार, भदौ २०, २०८१
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

गएराति बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

शनिबार, भदौ २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
TOP STORIES

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

बिहिबार, असार ३२, २०८३
अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

बिहिबार, असार ३२, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, असार ३२, २०८३
हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे
FEATURED

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

बिहिबार, असार ३२, २०८३
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा
TOP STORIES

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

बुधबार, असार ३१, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

बुधबार, असार ३१, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In