Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्याब्रियल इन्डियाको नेपालका लागि ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, भदौ ५, २०७९
in TOP STORIES, अर्थ, समाचार
0
ग्याब्रियल इन्डियाको नेपालका लागि ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं – ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न सो कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात तेब्बर बनाउने लक्ष्य रहेको बताए । आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने र नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिएको उनले बताए ।
ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।
ग्याब्रियल भारतमा आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द ग्रुपको व्यवसाय प्रारम्भ भएको थियो । त्यो समयमा एक कम्पनी र वार्षिक टर्न ओभर १ करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्न ओभर हुने गरेको छ । पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् । पहिले सक एब्जर्बरको मात्र व्यवसाय भएकोमा अहिले यस्ता २५ पार्ट्सको व्यवसाय गरिरहेको छ । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छ । पहिले कम्पोनेन्ट म्यानुफ्याक्चरर रहेकोमा अहिले सिष्टम सप्लायर समेत भएको छ ।
विश्वमा यो कम्पनी हाल आठौ नम्बरमा रहेको छ । आगामी ३ वर्ष भित्र पाँचौ नम्बरमा रहने योजना छ । सीओओ श्रीवास्तवले भने, ‘यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’ ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको उनले बताए ।
दुई पांग्रे देखि हेभी इक्विपमेन्ट र रेल्वे सम्म सबै प्रकारका सवारी साधनमा आनन्द ग्रुपको कुनै एउटा पार्ट्स अवश्य प्रयोग भएको हुन्छ भन्ने भनाइ छ ।
हाल कम्पनीमा करिव ४ हजार कर्मचारी कार्यरत छन् र ११ प्लान्ट छन् । पुना, नासिक र होसुर गरी तीन स्थानमा आर एन्ड डी फ्यासिलिटी छ । अधिकांश दुई पांग्रे र चार पांग्रे ब्रान्डको ओरिजिनल इक्विपमेन्ट (ओई) बजारमा ग्याब्रियलको हिस्सा करिव ३५ प्रतिशत भएको उनले बताए । अष्टेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् । ग्याब्रियलले विभिन्न प्रकारका प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेको छ ।

Related

Previous Post

युरो कप बास्केटबल भोलिदेखि

Next Post

दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने

दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

सोमवार, चैत्र १७, २०८१
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In