Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

Sambridinews by Sambridinews
शनिबार, भदौ ४, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, भदौ ४, मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् ।
उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भयतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट आठ जना खेलाडी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । दोस्रो स्थानमा रहेकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पारेका इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अंक ल्याएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जितिन् । उनको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । ११ मध्ये फाइनल चरणका लागि आठ खेलाडी छनोट गरिएको थियो । मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७।४० अंकका साथ रजत पदक पक्का गरेकी थिइन् । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अंक ल्याउँदै कांस्य पदक जितेका थिए ।
यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जिते । सात जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा पाँच खेलाडी छनोट भएका थिए । उनीहरुमध्ये मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते । खानले ७.४९ अंक ल्याएका थिए । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अंक ल्याएका थिए ।
यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए । सात जना सहभागी यस समूहमा फाइनल चरणका लागि पाँच खेलाडी छनोट गरिएको थियो । फाइनलमा रोशनले ५.०७ अंक ल्याउँदै रजत पदक पक्का गरेका हुन् । ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अंक जोडेका इन्डोनेसिया र ५.०३ अंक ल्याएका मलेसियाका खेलाडीले कांस्य पदक जिते ।
च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए । मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

Related

Previous Post

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

Next Post

अभिषेक र आशुतोषलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
Next Post
अभिषेक र आशुतोषलाई स्वर्ण

अभिषेक र आशुतोषलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

बिहिबार, चैत्र ८, २०८०
विश्व कम्युनिस्ट र नेपाल परिवेश

पुँजीबादकाे चंगुलमा सर्वहारा

शनिबार, भदौ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In