Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोशी प्रदेशमा भइरहेका उच्छृङ्खल र हिंसात्मक गतिविधिलाई सरकारबाटै प्रोत्साहनः अध्यक्ष ओली

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ २६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेको उच्छृङ्खल र हिंसात्मक गतिविधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रत्यक्ष संलग्नता रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेताहरूमाथि भइरहेको हमलामा माओवादीका कार्यकर्ता संलग्न रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामीमाथि निरन्तर आक्रमण हुँदा पनि सरकारले उच्छृङ्खल समूहलाई नियन्त्रण नगर्नुको कारण उनीहरू जातीय राज्य भन्ने प्रचण्डपथमा लागेका मानिस हुन् । विरोधका नाममा भइरहेका हिंसात्मक गतिविधि नेकपा एमाले का विरूद्धमा लक्षित छ र त्यसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रोत्साहन गरिरहेका छन् ।

जातीय राज्य भन्ने प्रचण्डपथ देशद्रोही अपराधि पथ भएको हुँदा त्यसका विरूद्धमा पार्टीले दृढतापूर्वक मुकाविला गर्ने र सफलता प्राप्त गर्ने अध्यक्ष ओलीको भनाइ छ ।
उहाँले माओवादीले पहिले कोशी प्रदेश नामाकरणमा सहमत भएको र पछि गल्ती भयो, पुनर्विचार गर्नुपर्छ भनेर विरोधमा रहेका मानिसलाई भड्काइरहेको वताउनुभयो ।
कोशी प्रदेश नामाकरणको विरोधमा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई प्रचण्ड सरकारले नियन्त्रण नगरेको र नगर्ने हुँदा नेकपा (एमाले) ले आफ्ना नेताकार्यकर्ताको संरक्षणका लागि तयारी गर्नुपर्ने बेला भएको अध्यक्ष ओलीले वताउनुभयो ।
आजै इलाममा नेकपा (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम राना र उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि पहिचान पक्षधरहरूले आक्रमण प्रयास गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो । उहाँले देशलाई गरिबीबाट समृद्धितर्फ लैजाने अभिभारा नेकपा (एमाले) को काँधमा रहेको र यस अभिभारा पूरा गर्ने यात्रामा जोडिनुभएका कमरेडहरूको राजनीतिक र व्यक्तिगत जीवन सफल रहोस् भनी शुभकामना दिनुभयो ।
अध्यक्ष ओलीले शासन सत्ताका लागि किरियापुत्रीको हत्या गर्नेदेखि मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउनेसम्मका काम भइरहेको तर देशको अवस्था जटिल रहेको वताउँदै नेकपा (एमाले) राष्ट्र र जनताप्रतिको इमान्दारीबाट तलमाथि नभई अगाडि बढ्ने छ भन्नुभयो ।
शपथ ग्रहण गर्नेहरूमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया र कार्यालय सचिव डा। भीष्मनाथ अधिकारी हुनुहुन्छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता

Next Post

स्केटिङमा खनालको निरन्तरता

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
स्केटिङमा खनालको निरन्तरता

स्केटिङमा खनालको निरन्तरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यू–१६ विजेता खेलाडीहरुलाई एसपीएको सम्मान, अध्ययन र प्रशिक्षण निःशुल्क गराइने

यू–१६ विजेता खेलाडीहरुलाई एसपीएको सम्मान, अध्ययन र प्रशिक्षण निःशुल्क गराइने

आइतवार, असार २४, २०८०
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शुक्रबार, मंसिर १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In