Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतको ‘अखण्ड नक्सा’ र इपीजी प्रतिवेदन बारे प्रचण्ड मौन

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १९, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
भारतको ‘अखण्ड नक्सा’ र इपीजी प्रतिवेदन बारे प्रचण्ड मौन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली दौडका क्रममा विहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनुका साथै केही महत्वपूर्ण सम्झौताहरु भए । भ्रमणको दौरानमा भारतीय सचिव लगायतका अधिकारीहरुका साथै भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट र छलफल गरे । तर कुनै पनि भेटमा नेपाल र भारतबीचको सन्धि तथा विभिन्न मुद्दाहरुमा छलफल गरेर दुवै देशका सरकारलाई सिफारिस गर्न गठित प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) ले तयार गरेको प्रतिवेदनबारे कुरा गरेनन् । भारतको नवनिर्मित संसद भवनमा नेपालको भूमिसमेटेर बनाएको अखण्ड भारतको नक्साबारे पनि प्रचण्ड मौन रहे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि जेठ १५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको मुरल नक्सामा लुम्बिनी र कपिलवस्तुलाई समेत समेटिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको भूमिसमेत समेटिएको अखण्ड भारतको नक्सा हटाउ भन्न सक्नुपर्ने, अन्यथा भ्रमणको औचित्य नहुने चेतावनी नै दिएका थिए ।

You might also like

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

नेपाली भूमि समेत समेटेर तयार गरिएको अखण्ड भारतको नक्सा मात्र होइन, पाँच वर्षदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समेत नमानेको प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदनबारे पनि सबैको चासो थियो । नेपाल र भारतबीचको सन्धि तथा विभिन्न मुद्दाहरुमा छलफल गरेर दुवै देशका सरकारलाई सिफारिस गर्न गठित प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) ले दुई वर्षमा तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले पाँच वर्षअघिदेखि बुझ्न मानिरहेका छैनन् । विहीबार भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्री इपीजी प्रतिवेदनबारे मौन रहे ।

भारत भ्रमण शुरु गर्नुअघि प्रधानमन्त्री प्रचण्डले भ्रमणको एजेण्डा तय गर्न भन्दै पूर्व प्रधानमन्त्रीहरुका साथै परराष्ट्रमामिलाका विज्ञहरुसँग पनि छलफल गरेका थिए । पाँच वर्षदेखि अल्झिएको इपीजी प्रतिवेदनबारे स्पष्ट धारणा राख्न विज्ञहरुले प्रधानमन्त्रीलाई सुझाएका थिए । छिमेकीसँग आफ्नो धारणा स्पष्ट राख्न सक्नुपर्ने भन्दै सदनमा समेत कुरा उठेको थियो । तर प्रचण्ड र मोदीबीचको वान अन वान वार्तादेखि प्रतिनिधि मण्डलस्तरीय वार्तामा इपीजी प्रतिवेदनबारे कुरा नभएको भारतीय विदेश सचिव विनयमोहन क्वात्रा बताएका छन् । उनले इपीजी प्रतिवेदन मात्र होइन, अग्निपथ योजनाबारे पनि कुनै कुरा नभएको स्पष्ट गरेका छन् । ईपीजी प्रतिवेदनका साथै नेपाल भारत सीमा समस्याहरु पनि कायमै छन् । सत्ता बाहिर हुँदा राष्ट्रियताको चर्का कुरा गर्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यसबारे देखाएको मौनताप्रति प्रश्न चिह्न खडा भएको छ ।

Related

Previous Post

कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

Next Post

सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

Sambridinews

Sambridinews

Related Posts

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

शुक्रबार, फाल्गुन १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In