Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १६, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्थानीय तह, स्वास्थ्य
0
पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१६ चैत, चितवन । साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका-९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा। राजेश यादवले बताए ।
युवकको आर्थिक अवस्था निकै कमजोर भएकाले केही रकम छुट गराएर उपचारमा सहयोग गरेको डा। यादवले जानकारी दिए । ‘हामीलाई पनि चुनौतीपूर्ण केस थियो यो, उनीहरुको आर्थिक अवस्था सबै बुझ्दा निकै कमजोर जस्तो लाग्यो,’ डा। यादवले भने, ‘उनी हाम्रो उपचार सेवाबाट ज्यान बचेकोमा खुसी छन्, हामी पनि खुसी छौं, त्यसैले अस्पतालले केही उपचार खर्च छुट गरिदिएको छ ।’
घर फर्किनुअघि कुरा गर्दै नुर्साद मन्सुरीले आफ्नो ज्यान जोगाइदिने डा।बेल्वासे, डा।यादवसहितको टोलीप्रति आभार व्यक्त गरे । ‘अहिले म ठिक भएको छु, बोल्न, हिँड्न सक्ने भएँ, उपचार नपाएको भए मरिसकेको हुने थिएँ’ मन्सुरीले भने ।

साथीहरूले मलद्वारबाट बोतल हालिदिएछन् : मन्सुरी

You might also like

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

रौतहटको गुजरा नगरपालिका-९ का २६ वर्षीय नुर्साद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् । घरमा बुवा आमा, श्रीमती र एक छोरा छोरीलाई त्यही पेशाबाट परिवार पाल्दै आएका थिए । ट्याक्टरमा केही समस्या आएकै कारण उनी दुई किलोमिटर पर चोकतिर ट्याक्टर बनाउन निस्के । त्यहीँ उनका साथी नसिम भेट भए । उनीसँग अर्का एक जना युवक पनि थिए जो वाइरिङ्गको काम गर्थे । उनका साथीहरूले मन्सुरीलाई ‘माल’ खान जाम भने ।
सधैं भेट भइरहने, सँगै खाजा पनि खाने साथीको आग्रहलाई मन्सुरीले नकार्न सकेनन् । त्यसपछि नजिकै रहेको खोला किनारको एक घरमा खाजा खान पुगे । त्यहाँ उनका साथीले चिसो डीउ (चिसो पेय पदार्थ) खान दिए र भने, ‘यो सबै नखानू आधा जति खानु बाँकी छाड्दिनू ।’ मन्सुरीले साथीले भनेको भन्दा केही बढी खाए । त्यो खाएको आधा घण्टा पछि उनको शरीर शिथिल हुँदै गयो । ‘के गरौं, कसो गरौं जस्तो गर्मी हुन थाल्यो,’ मन्सुरी भन्छन्, ‘साथीहरूले शीतल छहारीमा एक छिन सुत्न भने । म त्यहीँ सुतें ।’
बेहोस जस्तै भएको बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो भेउ पाए तर कुनै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा थिएनन् । उनका दुई साथीहरूले त्यहीँ बसेर रक्सी खाए र खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट घुसाइदिए । केही घण्टापछि होस आउँदा पेट निकै दुखेको महसुस भएको मन्सुरी सुनाउँछन् । तर के भएको हो उनलाई थाहा भएन । बल्लतल्ल साथीहरूको ग्यारेजसम्म आए । मोटरसाइलमा घरसम्म पुर्‍याइदिन भने । तर मोटरसाइकल नभएको भनेर कसैले पुर्‍याइदिन मानेनन् । बल्लतल्ल आफैं घरमा पुगे ।
पेट निकै दुखेको बताएपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए । त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो ।त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे । पाइन्टको खल्तीमा रक्सीको बोतल राखेको छ कि भनेर छामछुम पनि गरे तर पाएनन् । फेरि एक्सरे गरेर हेर्दा पेटभित्र नै रक्सीको बोतल रहेको पाइएपछि चकित परे । उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्‍याए ।
जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह डाक्टरहरुले दिए । डाक्टरहरुले वीरगञ्ज या चितवन लैजान सुझाव दिएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याइएको थियो ।पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो, बिरामी अचेत जस्तै थिए ।
सामान्यता यस्ता बिरामीहरूलाई २४ घण्टाभित्र उपचार गर्न सक्यो भने बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै क्षति नभएकाले उनी ठीक भएको चिकित्सकहरू बताउँछन् ।
‘अरूको जस्तो नर्मल अवस्था त हैन, त्यही भएर डिस्चार्ज हुन २५ दिन लाग्यो,’ डा। राजेश यादव भन्छन्, ‘तर अहिले धेरै नै सुधार भएकाले जीवन बाँच्यो ।’
मन्सुरीले आफ्नो मलद्वारबाट रक्सीको बोतल पुरानो केही रिसिईवी साँध्नका लागि गरेको हुनसक्ने अनुमान गरेका छन् । ‘कहिलेकाहीँ साथीहरुसँग जिस्किदा केही भनिएको हुन्छ त्यसैलाई इस्यू बनाएर यस्तो गरेको हो कि भन्ने मेरो अनुमान छ,’ मन्सुरी भन्छन्, ‘यति ठूलो अपराध गर्ने गरी त मैले केही गल्ती गरेको थिइनँ ।’
उनको मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका-६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डीएसपी एकनारायण कोइरालाले घटनाको अनुसन्धान सकेर मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी दिए ।

Related

Previous Post

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

Next Post

पौडी पोखरी खुला

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

by Sambridinews
बिहिबार, असार १८, २०८३
साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

by Sambridinews
बिहिबार, असार १८, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

by Sambridinews
बिहिबार, असार १८, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

हत्या अभियाेगमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

by Sambridinews
बिहिबार, असार १८, २०८३
Next Post
पौडी पोखरी खुला

पौडी पोखरी खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

शनिबार, जेष्ठ ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

बिहिबार, असार १८, २०८३
साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

बिहिबार, असार १८, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

बिहिबार, असार १८, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

हत्या अभियाेगमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

बिहिबार, असार १८, २०८३
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
TOP STORIES

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

बुधबार, असार १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In