Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१४ बर्ष पछि स्ववियू चुनाव हुदै

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २८, २०७९
in FEATURED, TOP STORIES
0
१४ बर्ष पछि स्ववियू चुनाव हुदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा चौध वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उल्लासमय सहभागिता देखिएको छ । सार्वजनिक बिदाको दिन भए पनि शनिबार देशभरका त्रिवि सम्बन्धन क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ताका गरेका छन् ।

हजारौं विद्यार्थी, अध्यापक र कर्मचारी स्ववियु निर्वाचनको काममा दिनभर व्यस्त रहे । क्याम्पस प्रमुखहरूका अनुसार राति अबेरसम्म प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दर्ताको काम गरिएको थियो । निर्वाचनलाई लक्षित गरी क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका सदस्यसचिव पशुपति अधिकारीले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको प्रतिक्रिया दिए ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

करिब ५० वटा आंगिक क्याम्पसमा निर्वाचन समितिले तोकेकै समयमा उम्मेदवारी दर्ताको काम सकिएको थियो भने सातवटामा राति अबेरसम्म दर्ताको काम गरिएको थियो । कीर्तिपुर, मीनभवनलगायत क्याम्पसमा राति अबेरसम्म उम्मेदवारी टुंगो लगाइएको हो । गोरखा क्याम्पस र धनकुटा बहुमुखी क्याम्पसमा भने सभापतिलगायत पदाधिकारी निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ । गोरखामा अखिल क्रान्तिकारी र धनकुटामा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्  ।

पोखराको पृथ्वीनारायण, काठमाडौंको त्रिचन्द्र र कीर्तिपुरको आयुर्वेद क्याम्पसमा भर्ना विवादका कारण मनोनयन दर्ताको प्रक्रिया सुरु हुन सकेको छैन । यी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन ।

यसबाहेक देशभरका सामुदायिक क्याम्पसमा पनि उम्मेदवारी दर्ता सकिएको बताइएको छ  । ‘१०–१२ वटा सामुदायिकमा निर्विरोध निर्वाचित भएको रिपोर्ट आएको छ, विवरण संकलन जारी छ,’ उनले भने । डोल्पा, धादिङ, रुकुम, गोरखा, सिन्धुपाल्चोक र पाँचथर जिल्लाका केही सामुदायिक क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध चयन भएको समितिले जनाएको छ । देशभर त्रिविका ५ सय २३ सामुदायिक क्याम्पस छन । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियु निर्वाचन गर्न ६२ आंगिकसहित सबै क्याम्पसलाई निर्देशन दिएको थियो ।

मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) बाट स्ववियु चयन गर्ने व्यवस्था छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्षबाट चयन हुन्छन् भने उपाध्यक्ष, सहसचिवसहित केही सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन । क्याम्पसको विद्यार्थी संख्याअनुसार ११ देखि २१ सदस्यीय स्ववियु रहने व्यवस्था छ ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग उम्मेदवारी दर्ताका क्रममा शनिबार दुई विद्यार्थी समूहबीच झडप भएको थियो । एकीकृत समाजवादीनिकट विद्यार्थीले एमालेनिकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी हानेको आरोप छ । अनेरास्ववियुका इकाइ अध्यक्ष लोकेश खड्काले आफ्ना तीन जना साथी घाइते भएको जनाए । एकीकृत समाजवादीनिकट अखिलका अध्यक्ष सुदेश पराजुलीले क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर फर्जी विद्यार्थी भर्ना गरेकाले विवाद भएको बताए ।

काठमाडौंका २२ आंगिकमध्ये २० क्याम्पसमा उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । दलमा आबद्ध नभएका स्वतन्त्र विद्यार्थीले समूह बनाएर उम्मेदवारी दिएको क्याम्पसहरूले जनाएका छन ।

आइतबार उम्मेदवारको नामावलीउपर दाबीविरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समयतालिका तोकिएको छ । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि सोमबार अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ । निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन निर्देशिकामा उल्लेख छ ।

Related

Previous Post

कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता बन्द

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

शुक्रबार, जेष्ठ १५, २०८३
दुर्गा प्रसाईसँगको अन्तर्वार्ता प्रसारणको अन्तिम घडिमा राेक्याे एपीवान टिभिले

दुर्गा प्रसाईसँगको अन्तर्वार्ता प्रसारणको अन्तिम घडिमा राेक्याे एपीवान टिभिले

बुधबार, मंसिर ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In