काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले एमाले नेता महेश बस्नेतसंग भेटघाट गरेका छन् । मेयर शाह बुधबार बिहान भक्तपुर पुगेर बस्नेतसँग भेटघाट गर्नुका साथै त्यहाँको विकास निर्माणको अवलोकन गरेका छन् ।
त्यसक्रमा मेयर शाह र नेता बस्नेतबीच विगतको असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानी भएको नेता बस्नेतले जानकारी दिए ।