Thursday, May 22, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारले तोकेको उखुको मुल्यप्रति किसान असन्तुष्ट

Sambridinews by Sambridinews
शुक्रबार, माघ ६, २०७९
in FEATURED
0
सरकारले तोकेको उखुको मुल्यप्रति किसान असन्तुष्ट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, महोत्तरी । किसानले माग्दै आएको उखुको मूल्य दिन सरकार सधैं पछि हटेकाले कृषकहरुकाे उखु खेतीप्रति आकर्षण घट्न थालेको छ ।
समयमा भुक्तानी नपाउने र सरकारले तोकिएको मुल्यले किसानको लागत नउठ्ने भन्दै उखु खेती छोडेको महोत्तरीका राम कुशवाह बताउछन ।

माघ ४ गते सरकारले तोकेको उखुको मूल्यले किसानले घाटा उठाउन नसक्ने उनको भनाइ छ । उखु उत्पादक कृषक संघका अनुसार महोत्तरीमा हाल ७ हजार उखु किसान छन ।

You might also like

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

५ वर्षअघि महोत्तरीमा १३ हजार उखु किसान थिए । १५ हजार बिघामा हुँदै आएको उखु खेती अहिले ७ हजार बिघामा समेटिएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले बताए ।‘पहिले जिल्लाका अधिकांश भू–भागमा उखु खेती हुन्थ्यो,’ सिंहले कान्तिपुरसँग भने, ‘लागत मूल्य नै नआएपछि किसानले उखु खेती छोड्दै गए ।’

अहिले उखु खेती गरिरहेका किसानले पनि बढ्दो महँगीका कारण उखु खेती नगर्ने सोच बनाइरहेको अवस्थामा मूल्यका लागि संघर्ष गर्ने कि खेती छाड्ने सरकारले दुइवटा विकल्प मात्र देखाइदिएको कुशवाहले बताए । ‘कम्तीमा लागत उठोस् भनेर हामीले प्रतिक्विन्टल ७ सय रुपैयाँ हुनुपर्ने माग राखेका थियौँ,’ कुशवाहले भने, ‘सरकारले किसानका माग पूरा गरेन, अब के गर्ने हामी छलफल गर्छौं ।’

अहिले किसानले पाउने मूल्यबाट उखु खेती लगाउँदा चाहिने मलखाद, सिँचाइ, मजदुरी ज्याला र ढुवानी खर्चसमेत नउठ्ने किसानको गुनासो छ । प्रत्येक वर्ष सरकारले उखुको मूल्य उचित कायम नगर्दा किसानहरू ऋणमा डुब्दै गएका र खेतीबाटै पलायन भएका उखु उत्पादक कृषक संघले जनाएको छ ।

सर्लाही, महोत्तरी, धनुषा र बाराका २० हजार किसानलाई ५० करोड भुक्तानी गरिसकेको एभरेस्ट चिनी उद्योगका कार्यकारी निर्देशक कृष्णचन्द्र दासले जानकारी दिए । ‘किसानलाई पुरानै रेटअनुसार रकम भुक्तानी गरिसकेका छौँ,’ दासले भने, ‘तर सरकारले कायम गरेको रेटअनुसारको रकम थपेर फेरि किसानलाई उपलब्ध गराउँछौं ।’ उद्योग सञ्चालनअघि मूल्य सरकारले निर्धारण नगरिदिँदा किसान र उद्योगी दुवैलाई भुक्तानीको झमेला थपिएको दासले बताए ।

सरकारले समयमै उखुको मूल्य नतोक्दा किसानले खेती छोड्दै गएकाले उद्योगलाई उखु अभाव हुँदै गएको उद्योगले जनाएको छ । २०७४÷०७५ मा ५८ लाख क्विन्टल उखु क्रसिङ गरेको एभरेस्ट उद्योगले प्रत्येक वर्ष उखु कम हुँदै गएका कारण यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।

पहिले ५ महिनासम्म चालु हुने उद्योग अहिले मुस्किलले ३ महिना सञ्चालन हुने गरेको उद्योगका निर्देशक दासले बताए । यस वर्ष पुसबाट सञ्चालन भएको उद्योग फागुनसम्म चल्ने उद्योगले जनाएको छ । दिनमा ६० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको उद्योगले अहिले उखु अभावमा उद्योगको उत्पादन क्षमता घटाएर ३० हजार क्विन्टलसम्म मात्रै उखु क्रसिङ गरिरहेको दासले बताए ।

माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा उखुको प्रतिक्विन्टल ५४० र ७० रुपैया ढुवानीका लागि अनुदान तोकोको थियो ।

Related

Previous Post

प्रतिनिधि सभा उपसभामुख चयनका लागि शुक्रबार मनाेनय दर्ता

Next Post

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
Next Post
नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भ्रष्टाचारविरुद्ध आज देशैभरी प्रदर्शन हुने

भ्रष्टाचारविरुद्ध आज देशैभरी प्रदर्शन हुने

शनिबार, बैशाख ३०, २०८०

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.