ललितपुर पुष २७ , चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको दोस्रो दिन भेट्रान्स टिमइभेन्ट्समावडानम्वर १६ ले स्वर्ण पदकजितेको छ ।
मंगलवार सम्पन्नफाइनलमावडानम्वर १६ ले २० वडालाई ३–१ को सेटमा पराजितगर्दै स्वर्ण जितेको हो ।
स्वर्ण जित्ने टोलीका खेलाडीहरुमाऋतमशाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य, सुशिलबज्राचार्य र प्रकाशधाख्वा रहेकाछन् ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडानम्वर १२ र युवाक्लबहःखाद्धारा संयुक्त रुपमाआयोजितप्रतियोगिताअन्तर्गत मंगलवार भएको मेन्स टिमइभेन्टसका खेलहरुमावडानम्वर ७ ले वडानम्वर १६ लाई ३–१ तथावडानम्वर १२ ले ८ वडालाई ३–१ ले पराजित गरी फाइनलमापुगेकाछन् ।
यीदुई विचको फाइनल खेल भोलीवुधवार हुनेछ ।
फ्लडलाइटको प्रकाशमा रातीमा सञ्चालनहुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमाहंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमाचिनिन्छ ।
१३ वटाइभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: