काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको तीनदिने ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ।
गत जेठ र असार महिनामा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई उक्त यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ। डिलरहरूसँगको व्यावसायिक सम्बन्धलाई आत्मीयतामा रूपान्तरण गर्ने उद्देश्यसहित यो धार्मिक तथा पर्यटकीय यात्रा आयोजना गरिएको हो।
तीन दिनसम्म चलेको यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ मन्दिर, कागबेनीलगायत मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए। यात्राले धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र आपसी सद्भावसँगै अविस्मरणीय अनुभव प्रदान गरेको सहभागीहरूले बताएका छन्।
व्यावसायिक साझेदारहरूको योगदानको सम्मान गर्दै उनीहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार डिलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई गुणस्तरीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण सहयात्री हुन्।
वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको अर्घाखाँची सिमेन्टले डेनिस भर्टिकल रोलर मिल (VRM) प्रविधि, वेस्ट हिट रिकभरी सिस्टम (WHRS) र धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ESP) जस्ता आधुनिक तथा वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको छ।
यस यात्राले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई थप आत्मीय र विश्वासपूर्ण बनाएको उल्लेख गर्दै अर्घाखाँची सिमेन्टले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।















