Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी आज देशभर भगवान् विष्णुको पूजाआराधना तथा तुलसीको विवाह गरी धुमधामका साथ मनाइँदैछ । प्रबोधिनी एकादशी र ‘ठूली एकादशी’ का नामले समेत परिचित आजको दिन घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्ने धार्मिक परम्परा रहेको छ ।

आजको दिन तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी सेतो, रातो र पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडेर विशेष पूजा गरिन्छ । आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिन आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिँगारेर भगवान् विष्णुका अर्का रूप पिपलसँग विवाह गरिदिने प्रचलन रहिआएको छ ।

You might also like

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

देवउठनी एकादशी र माङ्गलिक कार्यको सुरुवात आषाढ शुक्ल एकादशीका दिनदेखि चार महिनासम्म क्षीर सागरमा सुतेका भगवान् विष्णु आजकै दिन योगनिद्राबाट जाग्ने धार्मिक विश्वास छ । भगवान् विष्णु निद्राबाट ब्युँझिने दिन भएकाले आजको दिनलाई ‘देवउठनी एकादशी’ पनि भनिन्छ ।

विष्णु सुतेका बेला कुनै पनि माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा चतुर्मासभरि रोकिएका विवाह, व्रतबन्ध, गृहप्रवेश लगायतका शुभ कार्यहरू आजैका दिनबाट पुनः सुरु हुन्छन् । भोलिपल्ट द्वादशीका दिन तुलसीको विशेष पूजनसँगै चतुर्मासभरि विष्णुको प्रतीकका रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

व्रत विधि, पितृ तर्पण र धार्मिक महत्त्व हरिबोधनी एकादशीका दिन व्रतालुहरूले उपवास बसी फलाहारका रूपमा पिँडालु र सखरखण्ड ग्रहण गर्ने गर्दछन् । आज श्रीहरिलाई जगाएपछि षोडशोपचार विधिले पूजा गरी विभिन्न फलफूल तथा नैवेद्य अर्पण गरिन्छ । यस दिन रातभरि जाग्राम बसी हरिनाम सङ्कीर्तन गर्नाले भगवान् विष्णु प्रसन्न हुने विश्वास छ ।

यसका साथै, आज दिवङ्गत पितृहरूको नाममा खोलामा फूल तार्ने प्रचलन समेत रहेको छ । हातमा फूल लिएर ‘पितृभ्यः स्वधा नमः’ मन्त्र उच्चारण गर्दै एकादशी व्रतको पुण्य पितृहरूलाई समर्पण गर्दा पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद मिल्ने शास्त्रमा वर्णन गरिएको छ ।

पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यका अनुसार हरिबोधनी एकादशीको विधिवत् व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने, समस्त पाप नष्ट भई मरणोपरान्त वैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

Related

Previous Post

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Sambridinews

Sambridinews

Related Posts

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता
FEATURED

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल
TOP STORIES

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण
जीवन शैली

बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

सोमवार, जेष्ठ ७, २०८१
बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

वाग्मती प्रदेशसभाका सदस्यहरुले लिए शपथग्रहण

बिहिबार, पुस १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

शुक्रबार, मंसिर ५, २०८३
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

बिहिबार, मंसिर ४, २०८३
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता
FEATURED

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

बिहिबार, मंसिर ४, २०८३
नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल
TOP STORIES

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

बिहिबार, मंसिर ४, २०८३
बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण
जीवन शैली

बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण

बिहिबार, मंसिर ४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In