Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, November 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ। रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो।

बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी ओझा, मन्त्रालयका सचिव डा. दीपक काफ्ले र महासंघका अध्यक्ष अन्जन श्रेष्ठको रोहवरमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गर्नुभएको छ।

You might also like

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण

भूमिकाको बाँडफाँट र संरचना

सम्झौतापत्र अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको नेतृत्व गर्नेछ। यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ।

पक्षप्रमुख जिम्मेवारी तथा भूमिका
युवा, श्रम तथा रोजगार मन्त्रालयनीतिगत नेतृत्व, सरकारी निकायसँग समन्वय, सहजीकरण तथा Jobfair.shramsansar.gov.np डिजिटल प्रणाली सञ्चालन
नेपाल उद्योग वाणिज्य महासंघसमग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको नेतृत्व, सचिवालय स्थापना, रोजगारदाता परिचालन, पूर्वाधार र निजी क्षेत्रको सहभागिता
तालिम प्रदायक संस्थारोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन

मेला, तालिम र रोजगार निरन्तरता

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अगाडि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्ने र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख विशेषताहरू निम्नानुसार छन्:

  • प्रत्यक्ष अन्तर्वार्ता र रोजगार मिलान: मेलामा उद्योग, व्यवसाय र प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ। रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट र रोजगार मिलानको व्यवस्था मिलाइनेछ।
  • प्रदेशस्तरमा १० वटा तालिम: रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक संस्थाको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिनेछ। यसलाई दिगो रूपमा सञ्चालन गर्न महासंघले थप सहकार्य गर्नेछ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउनेछ।
  • डिजिटल प्रणाली: मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले Jobfair.shramsansar.gov.np प्रणाली सञ्चालनमा ल्याउनेछ।
  • कार्यक्रमपछिको निरन्तरता: मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइनेछ। यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ।

प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था र विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्तिको विकास, आन्तरिक रोजगारी प्रवर्द्धन र उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्त्वपूर्ण हुने विश्वास महासंघले लिएको छ।

Related

Previous Post

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

Next Post

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

Sambridinews

Sambridinews

Related Posts

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल
TOP STORIES

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण
जीवन शैली

बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम १० करोडको लगानीमा सुविधासम्पन्न ‘होटल आँगन’ सञ्चालनमा
FEATURED

बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम १० करोडको लगानीमा सुविधासम्पन्न ‘होटल आँगन’ सञ्चालनमा

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
नेकपा एमालेको जारी राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्दसत्रको कार्यक्रम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट

खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट

बिहिबार, कार्तिक १६, २०८०
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा

बुधबार, चैत्र २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

बिहिबार, मंसिर ४, २०८३
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता
FEATURED

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

बिहिबार, मंसिर ४, २०८३
नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल
TOP STORIES

नेपालमा वास्तु र न्यूमेरोलोजी शिक्षादेखि प्रविधिसम्म संस्कार एकेडेमीको ऐतिहासिक पहल

बिहिबार, मंसिर ४, २०८३
बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण
जीवन शैली

बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सिजपद्वारा ३९ बुँदे ध्यानाकर्षण

बिहिबार, मंसिर ४, २०८३
बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम १० करोडको लगानीमा सुविधासम्पन्न ‘होटल आँगन’ सञ्चालनमा
FEATURED

बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम १० करोडको लगानीमा सुविधासम्पन्न ‘होटल आँगन’ सञ्चालनमा

बिहिबार, मंसिर ४, २०८३
नेकपा एमालेको जारी राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्दसत्रको कार्यक्रम शुरु
TOP STORIES

नेकपा एमालेको जारी राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्दसत्रको कार्यक्रम शुरु

बिहिबार, मंसिर ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In