Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, कात्तिक २०। माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा भाटभटी स्थित आम्रपाली व्याङ्क्वेटमा शेयरधनीहरुको उल्लेख्य सहभागितामा भव्य रुपमा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेले आर्थिक वर्ष २०८२/8३ को वित्तीय विवरण तथा आगामी योजनाहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा कम्पनीले शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

प्रमुख वित्तीय तथा आर्थिक विवरण (आर्थिक वर्ष २०८२/८३)

कम्पनीले प्रस्तुत गरेको तुलनात्मक वित्तीय अवस्था अनुसार आर्थिक वर्ष २०८३ आषाढ मसान्तसम्मको मुख्य विवरण यसप्रकार रहेको छ:

You might also like

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

  • चुक्ता पूँजी: रु. ३,१२,३३ लाख (गत वर्ष रु. २,६०,२७ लाख)
  • जगेडा तथा सञ्चित मुनाफा: रु. १,५८,५९ लाख (गत वर्ष रु. १,३४,४८ लाख)
  • कुल ईक्विटी: रु. ४,७०,९२ लाख (गत वर्ष रु. ३,९४,७५ लाख)
  • कुल आय: रु. १,५३,४४ लाख (गत वर्ष रु. १,३८,७९ लाख)
  • खुदा आय (खुद मुनाफा): रु. ७९,७० लाख (गत वर्ष रु. ६१,७५ लाख)

लाभांश घोषणा

कम्पनीले आर्जन गरेको मुनाफा र आगामी दिनमा आयोजनामा गर्नुपर्ने लगानीको आवश्यकतालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीहरूलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ। उक्त बोनश शेयर साधारण सभाको स्वीकृति तथा विद्युत् नियमन आयोगको स्वीकृति पश्चात् वितरण गरिनेछ।

कम्पनी अन्तर्गतका मुख्य आयोजनाहरूको प्रगति विवरण

१. तादी खोला जलविद्युत आयोजना (५ मे.वा.):

विगत लामो समयदेखि सन्तोषजनक रूपमा व्यावसायिक उत्पादन गर्दै आएको यस आयोजनाको उत्पादनलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

२. मदी खोला जलविद्युत आयोजना (४२ मे.वा.):

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (PPA) सम्बन्धी विवादमा मध्यस्थताबाट भएको निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणबाट पाउनुपर्ने रकममध्ये केही अंश प्राप्त भइसकेको छ भने बाँकी रकमका लागि जिल्ला अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

३. मदी खोला-२ जलविद्युत आयोजना (१२ मे.वा.):

क्यास्केड प्रकृतिको यो आयोजना निर्माण गर्ने सन्दर्भमा ९० प्रतिशत शेयर स्वामित्व हस्तान्तरणका लागि प्रोजेक्ट एक्विजिसन एग्रीमेन्ट (MOU) सम्पन्न भई आवश्यक प्रक्रिया अघि बढाइएको छ।

४. दूध खोला जलविद्युत आयोजना (६५ मे.वा.):

कम्पनीको ६७ प्रतिशत लगानी रहेको सहायक कम्पनी ‘दूध खोला हाइड्रोपावर प्रा.लि.’ द्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भइसकेको छ। साथै, प्राविधिक अध्ययन तथा सुरक्षाको दृष्टिकोकोणबाट बाँया किनारतर्फबाट सुरुङ निर्माण गर्दा यसको क्षमता बढेर ७०.८६ मेगावाट पुग्न सक्ने देखिएकाले अनुमतिपत्र संशोधनको प्रक्रिया अघि बढाइएको छ।

सञ्चालक समिति गठन

प्रतिवेदन अनुसार हाल कम्पनीको सञ्चालक समितिमा निम्नलिखित महानुभावहरू रहनुभएको छ:

  • श्री प्रदिप जंग पाण्डे – सञ्चालक अध्यक्ष
  • श्री अरुण कुमार के.सी. – सञ्चालक
  • श्री मिटेका प्रसाद उप्रेती – सञ्चालक
  • श्री झोनक ज्ञवाली – सञ्चालक
  • श्री रचना अधिकारी – सञ्चालक

अध्यक्षले कम्पनीलाई विभिन्न माध्यमबाट निरन्तर सहयोग र मार्गदर्शन पुर्याउनुहुने सम्पूर्ण शेयरधनीहरू, नेपाल सरकारका निकायहरू, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था एवं कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गर्नुभएको थियो ।

Related

Previous Post

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

Sambridinews

Sambridinews

Related Posts

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
आइतवार, कार्तिक २३, २०८३
अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना
FEATURED

अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना

by Sambridinews
आइतवार, कार्तिक २३, २०८३
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

मङ्लबार, जेष्ठ ६, २०८२
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३
अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना
FEATURED

अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना

आइतवार, कार्तिक २३, २०८३
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

शनिबार, कार्तिक २२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In