Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

Sambridinews by Sambridinews
बिहिबार, अशोज २९, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो ।

एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच सहकार्य भएको हो । यो सहकार्यअनुसार सुदूरपश्चिमका समर्थकमध्ये एक जनाले एथरको स्कुटर पाउनेछन् । उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्नेबारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिनेछ ।

You might also like

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

विद्युतीय यातायातका साधनको प्रयोग प्रमुख सहरहरूभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा एथर नेपालले ग्राहकहरूको सवारी साधन प्रयोग तथा स्वामित्वको अनुभवलाई थप सहज र विश्वसनीय बनाउन आफ्नो मर्मतसम्भार सेवा तथा चार्जिङ सञ्जाललाई पनि निरन्तर विस्तार गर्दै आएको छ ।

एथरको ‘एट सेभेन्टी ब्याट्री वारेन्टी’ अन्तर्गत लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यति अवधिसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।

एथर नेपालले देशभर आफ्नो मर्मतसम्भार सेवा तथा चार्जिङ सञ्जाल विस्तार गर्दै आएको छ । हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र उपलब्ध रहेको ब्रान्ड प्रमुख खानले उल्लेख गरे । यसले ग्राहकलाई यात्राका क्रममा चार्जिङ सुविधा र स्कुटरले एकपटकको चार्जमा तय गर्न सक्ने दूरीबारे हुने चिन्ता कम गर्न तथा अझ बढी आत्मविश्वासका साथ यात्रा गर्न सहयोग पुर्‍याउने खानको विश्वास छ ।

एथर नेपालका ब्रान्ड प्रमुख सलमान खानले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपालको तीव्र रूपमा लोकप्रिय हुँदै गएको खेलकुद मञ्च र क्रिकेटप्रेमीको उत्साही समुदायसँग जोडिने अवसरका रूपमा यो सहकार्य एथरका लागि नयाँ र रोमाञ्चक अध्याय हो,’ उनले भने ।

यस संस्करणलाई समर्थक, ग्राहक तथा एथर परिवारका सम्पूर्ण सदस्यका लागि अझ रोमाञ्चक र यादगार बनाउने खानको विश्वास छ । ‘यस सहकार्यको उद्देश्य एथर ब्रान्डप्रति आकर्षण बढाउनु, विद्युतीय यातायातलाई अझ धेरै मानिसमाझ पुर्‍याउनु तथा एथर र क्रिकेट दुवैले प्रतिनिधित्व गर्ने ऊर्जा, महत्त्वाकांक्षा र जोशलाई उत्सवका रूपमा मनाउनु हो,’ उनले भने ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एथरसँगको सहकार्यले थप समर्थकलाई जोड्न सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले समर्थकलाई स्कुटर उपहार दिने प्रचलन नेपाली खेलकुदमा नयाँ भएको भन्दै यो कदम ऐतिहासिक भएको बताए । उनले भने, ‘एथरसँगको सहकार्यले हाम्रो यात्रालाई सहज त बनाउने नै छ । समर्थकलाई टोलीसँग जोड्न उत्साह पनि थप्छ ।’

सुदूरपश्चिम एनपीएलको दुवै संस्करणको उपविजेता टोली हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

Related

Previous Post

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

Sambridinews

Sambridinews

Related Posts

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

आइतवार, असार १, २०८२
डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

सोमवार, जेष्ठ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In