काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा मिति २०८३ असोज २६ गते सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटेल पोखरा ग्रान्डमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेस भएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाबाट विकास बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित हुनुका साथै आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित भएका छन्।
हाल विकास बैंकको चुक्ता पुँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् विकास बैंकको जारी तथा चुक्ता पुँजी रु. ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ र पैसा ९४ पुग्नेछ।
ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरू, ५१ एटिएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।














