काठमाडौँ, असोज २६ — नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले यही असोज २५ गते ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्राण्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन् । उनी उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
मोनिका टापरिया र विपिन अटालद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्र्याएको छ । बीसभन्दा बढी स्वादका जेलाटो, व्यावसायिक जेलाटो निर्माणका लागि प्रयोग गरिने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ र इटालीस्थित ‘जेलाटो युनिभर्सिटी’ बाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुसन्धान, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता यसमा झल्किन्छ ।















