Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

Sambridinews by Sambridinews
सोमवार, भदौ १५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

काठमाडौं, १५ भदौ । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितीमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । चेम्बरले सोमबार विज्ञप्तीमार्फत उक्त अपिल गरेको हो ।
आगामी तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
हालैको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली, व्यापार–व्यवसाय र बजार व्यवस्थापनमा गम्भीर असर परेको चेम्बरले जनाएको छ । विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात–निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सिर्जना भएको अवस्थामा आगामी चाडपर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएको छ ।
आवश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन निजी क्षेत्रले संयुक्त रूपमा पूर्वतयारी गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।
विपद्ले सिर्जना गरेको असहज अवस्थालाई कसैले पनि अनुचित व्यापारिक लाभ लिने माध्यम बनाउन नहुने चेम्बरको भनाइ छ । बरु यस्तो कठिन समयमा निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्दै बजारमा विश्वासको वातावरण कायम गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
सरकार र निजी क्षेत्र दुवै लचिलो, जिम्मेवार तथा सहकार्यात्मक रूपमा अघि बढ्न सके विपद्पछिको बजार व्यवस्थापनलाई सहज बनाउन सकिने चेम्बरले जनाएको छ ।
चेम्बरले व्यवसायी समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न, अनुचित मूल्यवृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ । साथै, चेम्बरले आगामी चाडपर्वका लागि आवश्यक पूर्वतयारी गर्दै आम उपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भएर लाग्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ ।

Related

Previous Post

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

Next Post

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

असुसको एआई ल्यापटप नेपाली बजारमा

असुसको एआई ल्यापटप नेपाली बजारमा

बुधबार, साउन १६, २०८१
कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

बिहिबार, माघ १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In