Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

Sambridinews by Sambridinews
बुधबार, भदौ ३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियासँग भेटवार्ता भएको छ । महासंघ सचिवालयमा टेकुमा मंगलबार भएको भेटवार्तामा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार, संयुक्त राष्ट्रसंघलगायत सबै पक्षबीच परिणाममुखी सहकार्यको आवश्यकतामा जोड दिइएको थियो । सो अवसरमा महासंघका अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवद्र्धन र मर्यादित रोजगारीलाई जोडेर संयुक्त राष्ट्रसंघसँग व्यावहारिक कार्यक्रम अघि बढाउन महासंघ इच्छुक रहेको बताउनुभयो ।

अहिले नेपालको अर्थतन्त्रमा लगानी तथा व्यवसायिक विश्वास पुनःस्थापित गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्दै विकासको केन्द्रमा राखिनुपर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाले नेपालमा निजी क्षेत्रसँग बलियो साझेदारीका लागि संयुक्त राष्ट्रसंघ सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले नेपालका समावेशी तथा दीगो आर्थिक विकासमा संयुक्त राष्ट्रसंघ सधैं साथमा रहेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको र स्तरोन्नतिको समय तीन वर्ष थप गरी सन् २०२९ नोभेम्बरसम्म पुर्‍याउन माग गरेको जानकारी दिँदै उहाँले स्तरोन्नतिपछिको संक्रमणलाई सहज बनाउन उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्षमतामा संयुक्त राष्ट्रसंघको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

You might also like

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

आवासीय संयोजक याहियाले यस विषयमा सरकारले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको सन्दर्भमा सम्बन्धित समितिले निर्णय गर्ने उल्लेख गर्दै त्यो समयसम्म नेपालले आफ्‌नो तयारी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको स्तरोन्नति केवल हैसियत परिवर्तनमा सीमित हुनु हुँदैन । यसलाई दिगो आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, लगानी विस्तार र उत्पादन तथा निर्यात क्षमता अभिवृद्धिको अवसरका रूपमा लिनुपर्छ ।” यस्तै उहाँले नेपालमा युवा जनशक्ति र विभिन्न क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न स्थिर तथा पूर्वानुमानयोग्य नीति र राष्ट्रिय संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने बताउनुभयो । साथै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रणनीति आवश्यक रहेकोमा जोड दिनुभयो । “नेपाल सम्भावना भएको देश हो । नेपालले विकासको लागि अहिले जनसाङिख्क लाभ लिन सक्छ । तर यो अवस्था धेरै वर्ष रहँदैन । त्यसैले विप्रेषणबाट चलेको अर्थतन्त्रलाई रुपान्तरण गर्नु आजको आवश्यक्ता हो ।” उहाँले भन्नु भयो । महासंघका अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, प्रविधि, सीप, बजार र सूचनाको सहज पहुँच दिलाउन विशेष कार्यक्रम आवश्यक रहेकोमा जोड दिंदै यस्ता उद्यमलाई प्रतिस्पर्धी, डिजिटल, औपचारिक र वातावरणमैत्री बनाउन संयुक्त पहल गर्न सकिने बताउनु भयो ।

यसैगरी, जिम्मेवार व्यवसाय, श्रम मापदण्ड, महिला आर्थिक सशक्तीकरण, व्यवसाय तथा मानव अधिकार र समावेशी आर्थिक विकासका क्षेत्रमा महासंघले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, अन्तरराष्ट्रिय श्रम संगठन, युएन वमन जस्ता निकायहरुसँग गर्दै आएको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । विकास सहयोगलाई परम्परागत सहायता केन्द्रित मात्र नभई निजी लगानी परिचालनतर्फ समेत लैजानुपर्ने बताउँदै उहाँले संयुक्त राष्ट्रसंघले सरकार, निजी क्षेत्र, लगानीकर्ता, वित्तीय संस्था र विकास साझेदारलाई एउटै मञ्चमा ल्याएर लगानीयोग्य परियोजना निर्माणमा सहजीकरण गर्न सक्ने धारणा राख्नुभयो ।

Related

Previous Post

एसियाड खेलाडीलाई प्रोत्साहन

Next Post

टाटा कार्निभलको चौथो संस्करण 

Sambridinews

Sambridinews

Related Posts

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

by Sambridinews
सोमवार, अशोज १९, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

by Sambridinews
सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

by Sambridinews
शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
Next Post
टाटा कार्निभलको चौथो संस्करण 

टाटा कार्निभलको चौथो संस्करण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता

आइतवार, मंसिर २३, २०८१
भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

शुक्रबार, अशोज १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

सोमवार, अशोज १९, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In