साउन १६, काठमाडौं । काठमाडौं उपत्यका सहति देशका विभिन्न भागमा ग्ग्यासको लाइन देखिन थालेको छ ।
लाइन देखिन थालेसंगै उपभोक्ताले सजिलै ग्यास नपाएको गुनासो गर्न थालेका छन् । भक्तपुरस्थित मध्यमपुर ठिमिमा ग्यास लिन लागेका सन्तोष श्रेष्ठले एकहप्ताको पर्खाइमा ग्यास पाएको बताएका छन् ।
उक्त नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नभइ माग बढेको जनाएको छ। निगमका प्रवक्ताले उपभोक्तसंग रहेको आधार सिसलण्डर सकिएर पुरान लिने क्रममा लाइन बढ्न पुगेको जनाएका छन् ।
अमेरिका इरान युद्धका कारण ग्यासको माग र मुल्य वृद्धिभएसंगै सरकारले आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो ।














