३० असार, काठमाडौं । बर्षाका कारण हाेल्ड गरिएका काठमाडौं उपत्यकाकाबाट बाहीर जाने मुख्य नाकाहरु सञ्चालनमा अाएका छन् । मंगलबार बिहानबाट सवारी खुला भएसंगै सवारी साधनको चाप बढेकाे छ।
वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ ।
ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडामा बाहेक अन्य स्थानमा सवारी आवागमन जारी छ । ठाउँठाउँमा ट्राफिक प्रहरीहरु खटिएर सवारी साधनहरुलाई गन्तव्यमा पठाइरहेका छन् ।
मुग्लिङ-नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।















