काठमाडौँ, २१ असार ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना हुन गइरहेको सवारी साधन, पाटपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित संघ–संस्थाहरूको वृहत मेला “एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६” को लागि स्टल बाँडफाँड कार्य सम्पन्न भएको छ।
स्टल चयनका लागि गत महिना खुला गरिएको दर्ता प्रक्रिया अनुरुप आज (असार २१ गते) नाडा सचिवालयमा गोलाप्रथा (लक्की ड्र) मार्फत सहभागी कम्पनीहरूलाई स्टल वितरण गरिएको हो।
नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू तथा सम्पूर्ण सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।
स्टल बाँडफाँड अन्तर्गत विभिन्न विधाका सवारी तथा अटो क्षेत्रलाई निम्नानुसार स्थान सुरक्षित गरिएको छ:
- प्यासेन्जर भेहिकल: १९ वटा स्टल
- दुई–पांग्रे सवारी साधन: १० वटा स्टल
- लाइट कमर्सियल भेहिकल: १७ वटा स्टल
- अटो कम्पोनेन्ट्स (साना स्टलहरू): ७६ वटा स्टल (जसमा ४५ वटा कम्पनीहरू समेटिएका छन्)
१८औँ संस्करणको मेला आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुँदैछ।
कार्यक्रमको अन्त्यमा नाडाका महासचिव मिलनबाबु मल्लले मेलामा उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण सदस्य तथा सरोकारवाला कम्पनीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।













