९ असार , काठमाडौं । पटक पटक मन्त्री र सांसद भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका छन् ।
सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो ।
प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो ।
पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।















