काठमाडौं असार ६, मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।
समूह ‘ए’ मा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, सरस्वती मावि, हेलम्बु, अमर ज्योति प्राविधिक विद्यालय, नुवाकोट र एन्जल्स स्पोर्ट्स एकेडेमी रहेका छन् । समूह ‘बी’ मा न्यु डायमन्ड एकेडेमी, एलिक्सर एकेडेमी, गणेश हिमाल स्कुल र सूर्य विनायक, भक्तपुर छन् ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जानकारी गराए । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । अफिसिय बल पार्टनरमा मोल्टन रहेका छ ।
अध्यक्ष आचार्यले सबै वर्गलाई खेलकुदमा सहभागी गराउने उद्देश्यका साथ एकेडेमीले देशका विभिन्न स्थानमा विविध खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको बताए ।
संयोजक केसीले भविष्यका प्रतिभावान खेलाडी पहिचान गर्न उमेरसमूहको प्रतियोगिता महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २७ लाख रुपैयाँ खर्च हुनेछ । मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा हुने लागेको ४ दिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी खेलाइने छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













