Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

Sambridinews by Sambridinews
शनिबार, असार ६, २०८३
in TOP STORIES, जीवन शैली, प्रवास, समाचार
0
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी


६ असार,नेपालगन्जः वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ ।
नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड कंग्रेसमा शुक्रवार राति एक बिशेष समारोहमा अवार्ड प्रदान गरिएको हो । एम्स अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई उक्त अवार्ड प्रदान गरे ।
संसारभरका रेस आयोजकमध्येबाट एक आयोजकलाई छनौट गरिने ‘एम्स सोसल अवार्ड’ वल्र्ड रनिङको निकै प्रतिष्ठित अवार्ड हो । एम्समा विश्वभरबाट झण्डै पाँच सय बढी रेस आयोजक सदस्य छन् । यतिबेला अधिकांस सदस्य नर्वेको ट्रम्सोमा भेला भएका छन् । बर्लिन म्याराथनका संस्थापक एवं एम्सका सहसंस्थापक ९० बर्षिय हस्र्ट मिल्डे समेत कंग्रेसमा सहभागी छन् । प्रतिष्ठित म्याराथन आयोजकहरुका माझ एम्स सोसल अवार्ड प्राप्त गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले निकै खुशी व्यक्त गरे र्। अनपेक्षित उपलब्धि हासिल गरेको अनुभुति भएको छ, अब नेपालमा म्याराथन आयोजनाको फैलावट र गरिमा अझ बढ्ने अपेक्षा छ । ’ संस्थापक ठकुरीले भनेर्—यो नेपालगन्ज म्याराथनले मात्र हैन, सिंगो देशले पाएको सम्मान हो, किनकी यो एम्सको एकमात्र अवार्ड हो ।’
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड)ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बीचमा केही बर्ष रोकिएको एम्स सोसल अवार्ड यसबर्षदेखि निरन्तरता दिइएको हो । नेपालगन्ज म्याराथनको निरन्तरता, विभिन्न अवधारणाका दौड सन्चालन, विश्वव्यापी समस्याका रुपमा देखिएका जलवायु परिवर्तन सम्बन्धि जागरण अभियान, कोभिड कालमा विश्व ठप्प भएका बेला समेत टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिता गराइ राज्यलाई सघाएको, रनिङ म्यागजिन निरन्तर प्रकाशन गरिरहेको जस्ता बिषयमा मुल्यांकन गर्दै एम्सले संसारभरबाट नेपालगन्ज म्याराथन छानिन सफल भएको संस्थापक ठकुरीको बुझाइ छ ।
नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो । बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ । रात्रीकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् । त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत बर्षदेखि काठमाडौं२५किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ । त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो । जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए । यसबर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल र काठमाडौं माइल समेत सुरु गरिँदै छ । यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ । 

Related

Previous Post

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

Next Post

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

by Sambridinews
सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

by Sambridinews
सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
Next Post
मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

शनिबार, पुस ९, २०७९
मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

मङ्लबार, जेष्ठ २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In