Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

Sambridinews by Sambridinews
सोमवार, असार १, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

असार १, काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाण्डौमा आयोजना गरेको ‘ निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभाभवकारी सञ्चालन रणनीति सम्बन्धि राष्ट्रिय कार्यशाला’ मा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
रोजगार सेवा केन्द्रहरु र निजी क्षेत्रबीचको विद्यमान सहकार्य र संलग्नताको विस्तृत अवस्थागत अध्यनन गरि रोजगार सेवा केन्द्र र रोजगार दाता तथा सिप विकास तालिम प्रदायक बीच दिगो प्रभावकारी र परिणामुखि साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिँदो विश्वव्यापी श्रम बजार, प्रविधिको बढ्दो प्रभाव, र नेपालका रोजगार सेवा केन्द्रहरूलाई बजारको मागमा आधारित बनाउने उपायहरूबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सह सहिव आन्तरिक रोजगार समन्वय महाशाखा प्रमुख हेमराज तामाङले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि तथा कार्यक्रमको प्रभावकारिताको लागि सरोकारवालाहरुबीच गहन छलफल गरि रोडम्याप बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले सेवा केन्द्रहरूलाई रोजगारदाता र रोजगार खोज्ने जनशक्तिबीचको दूरी कम गर्ने ब्रिजका रूपमा विकास गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । “ यसमा निजी क्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्ण रहन्छ । उद्योगहरूलाई कुन प्रकारको जनशक्ति चाहिएको हो, यसलाई प्रभावकारी बनाउन के गर्नु पर्दछ , सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर अघि बढ्न तयार छ । उहाँले भन्नुभयो , सेवा केन्द्रहरुको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले सरोकारवालाहरुको सुझावका आधारमा नीतिगत सुधारका लागि तयार छ । ”
उहाँले सिप रोजगार र उद्यम कार्यविधी तयार भई सबै रोजगार सेवा केन्द्रहरुमा पुगिसकेकाले अब सेवा केन्द्रले सोही अनुरुप काम गर्न पाउने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्‌कानले रोजगार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तीकै जिम्मेवारी रहने धारणा राख्नु भयो । नेपालले पनि आफ्ना युवाहरूलाई यो नयाँ डिजिटल श्रम बजारमा प्रतिस्पर्धी बनाउन सामाजिक सुरक्षा र श्रमिकको हकहित सुनिश्चित गर्दै रोजगार सेवा केन्द्रहरूलाई परियोजनामुखी नभई आफ्‌नै कार्यक्रमका रुपमा ग्रहण गरेमा यसले सफलता पाउने बताउनु भयो । साथै उहाँले सोवा केन्द्रलाई आधुनिकतामा रूपान्तरण गर्नु पर्ने र सोका लागि आइएलओले आवश्यक सहयोग र सहकार्य रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले रोजगारदाताहरू केवल रोजगारी दिने संस्था मात्र नभएर गतिशील र उत्तरदायी श्रम बजार निर्माणका मुख्य साझेदार भएको स्पष्ट पार्नुभयो । “हाम्रा उद्योग–व्यवसायहरूलाई दक्ष, सीपयुक्त र उत्पादक जनशक्तिको खाँचो छ भने अर्कोतर्फ हजारौँ युवाहरू रोजगारीको खोजीमा बाहिरिइरहेको अवस्था छ । यो खाडललाई पुर्न रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीचको साझेदारी लाई थप मजबुत बनाउनु पर्छ । ” उपाध्यक्ष पाण्डेले भन्नु भयो ।
उहाँले डिजिटल प्लेटफर्ममार्फत सिर्जित रोजगारीका अवसरहरूलाई प्रोत्साहन गर्न र रोजगार सेवा केन्द्रहरूले रोजगार खोज्ने व्यक्ति र रोजगारदाताबीचको दूरी कम गर्न अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिंदै यो लक्ष्य निरन्तर संवाद, पारस्परिक विश्वास तथा सार्वजनिक र निजी क्षेत्रबीचको सुदृढ सहकार्यबाट मात्र सम्भव भएको बताउनु भयो ।
यस्तै महासंघका उपाध्यक्ष दील सुन्दर श्रेष्ठले रोजगार सेवा केन्द्रहरूले स्थानीय तहमा श्रम बजार सूचना, रोजगार परामर्श, सीप विकासका अवसर तथा रोजगारदातासँग प्रभावकारी समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गनुृ भयो । उहाँले रोजगार सेवा केन्द्रहरूको प्रभावकारिता अभिवृद्धि गर्न सेवा प्रवाहको गुणस्तर, तथ्याङ्क व्यवस्थापन, डिजिटल प्रणालीको उपयोग र निजी क्षेत्रसँगको कार्यगत समन्वयलाई अझ सुदृढ बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममको प्राविधिक सत्रमा स्रोत व्यक्ति महेश हाडा र हंसराम पाण्डेले मधेश र सुदुरपश्चिम प्रदेश स्तरिय कार्यशालाबाट प्राप्त सुझावहरु प्रस्तुत गर्नुका साथै राष्ट्रिय सरोकारवालाहरुबाट सुझावहरु लिएर रणनीतिलाई अन्तिम रुप दिइने बताउनु भयो ।
यस्तै विभिन्न संघ संस्था तथा नगरपालिकाबाट सहभागी प्रतिनिधीहरुले रोजगार सेवा केन्द्रहरूलाई अझ बढी उपयोगी र व्यावहारिक बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र देशभित्रै सम्मानजनक रोजगारीका अवसरहरू सिर्जना गर्ने वातावरणलाई सहयोग पुग्ने गरि रणनीति बनाइनु पर्ने सुझाव दिनुभएको महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिनुभयो ।

Related

Previous Post

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

Next Post

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
Next Post
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सिजीको 'नयाँ वर्ष २०८३ उपहार योजना': 'सेट अफ ५ प्रोडक्ट्स' विजेता बने झापाका रणधीर गुप्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजको मौसम

आगामी तीन देशका दिन मध्य र पश्चिम सामान्य बर्षा

बिहिबार, अशोज १३, २०७९
काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

सोमवार, बैशाख ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In