Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
in TOP STORIES, समाचार, स्वास्थ्य
0
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाकको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरिएको चारदिने ”फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष” सफलतापूर्वक सम्पन्न भएको छ । यसै कार्यक्रममा उपचारका लागि आएका ८ जना विरामीलाई मेडिसिटीले निशुल्क सेवा प्रदान गरेको छ ।
जेठ २० देखि २३, २०२६ सम्म नेपाल मेडिसिटीमा सञ्चालन भएको यस कार्यक्रमले जटिल खुट्टा तथा गोलीगाँठो -फुट एण्ड एंकल) विकृतिको उपचार, ज्ञान आदान–प्रदान तथा चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
कार्यक्रमको सफल सञ्चालनमा नेपाल मेडिसिटीको अर्थोपेडिक विभागको महत्वपूर्ण भूमिका रहेको थियो । विशेषगरी मेडिसिटीका फुट एण्ड एंकल विशेषज्ञ चिकित्सक डा. दमन झाको नेतृत्व र समन्वयमा यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमा आयोजना सम्भव भएको हो ।
स्टेप्सटुवाक विश्वका विभिन्न स्रोत–साधनको सीमित पहुँच भएका समुदायमा खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिहरूको निःशुल्क शल्यक्रिया, पुनस्र्थापना सेवा तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सक्रिय अन्तर्राष्ट्रिय संस्था हो । यस कार्यक्रमको आयोजना स्टेप्सटुवाकले गरेको थियो भने नेपाल मेडिसिटीले स्थानीय संयोजन, व्यवस्थापन तथा प्राविधिक सहजीकरण गरेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी केवल उपचार केन्द्र मात्र नभई निरन्तर सिकाइ, व्यावसायिक विकास तथा ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको वास्तविक प्रगति पूर्वाधार र प्रविधिले मात्र नभई ज्ञान साझेदारी, सहकार्य तथा दक्ष जनशक्ति निर्माणबाट सम्भव हुने उल्लेख गर्नुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीलाई नेपाली चिकित्सकहरूसँग आफ्नो अनुभव र विशेषज्ञता साझा गरेकोमा धन्यवाद दिँदै यस पहलले नेपालको फुट एण्ड एंकल उपचार क्षमतामा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, स्टेप्सटुवाकका संस्थापक तथा अध्यक्ष डा. मार्क मायर्सनले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै तालिम, सहकार्य र सेवामार्फत बिरामीको उपचारस्तर सुधार गर्ने साझा लक्ष्यलाई पुनः दोहो¥याउनुभयो ।
कार्यक्रममा विश्वप्रसिद्ध फुट एण्ड एंकल विशेषज्ञहरू चिलीका डा. क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा तथा अमेरिकाका डा. नरेन गुर्बानीले सहभागिता जनाउनुभएको थियो । साथै स्टेप्सटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरूको समेत सहभागिता रहेको थियो ।
चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन शैक्षिक प्रस्तुतीकरण तथा वैज्ञानिक सत्रहरू आयोजना गरिएका थिए । दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण, इतिहास संकलन तथा शल्यक्रिया योजना निर्माण गरिएको थियो भने तेस्रो र चौथो दिन प्रत्यक्ष शल्यक्रिया सञ्चालन गरिएको थियो । कार्यक्रममा देशभरका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एंकल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको सहभागिता रहेको थियो ।
यस अवसरमा नेपाल मेडिसिटीका फुट एण्ड एंकल सर्जन डा. दमन झाले भन्नुभयो, æनेपालमा पहिलो पटक यस प्रकारको विशेष फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष आयोजना गरिएको हो, जसमा प्रत्यक्ष अपरेशन सत्र मार्फत युवा चिकित्सकहरूले विश्वस्तरीय विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने अवसर प्राप्त गरे । कार्यक्रम अन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका जटिल खुट्टा विकृतिबाट प्रभावित ८ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको छ । यस्ता कार्यक्रमहरूले नेपालमै उच्चस्तरीय फुट एण्ड एंकल सेवा विकास गर्न तथा भविष्यमा अझ बढी बिरामीलाई लाभान्वित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।Æ
नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा प्रदान गर्ने अवसर मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एण्ड एंकल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ । यस पहलले भविष्यमा नेपालमै जटिल फुट एण्ड एंकल विकृतिहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related

Previous Post

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

Next Post

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि

आजबाट सहजै उपलब्ध हुने खाना पकाउने ग्यास

बुधबार, माघ २१, २०८२
गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

शुक्रबार, साउन २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In