
दाेस्राे विश्वयुद्धका क्षणमा केही राेचक घटना पनि घटेका थिए। एउटा कारण विश्वकै राजनीति नक्सा मात्र बदलेन,मानव सभ्यतालाई नै नयाँ दिशातर्फ डाेर्यायाे। पहिलो विश्वयुद्धमा बाँचेका युरोप,एशिया र अफ्रिकी मुलुकका धेरै राजाहरुकाे अन्त्य भयो। बाँकी रहेका राजाहरुमा पनि आफुलाई रुपान्तरण सहित आलंकारिक राजस्थाकाे रुपमा स्थापित गरे। तर नेपालमा फरक थियोे। सन १९५१ अगाडि सक्रिय तानाशाही राणाशासन र त्यसपछि सक्रिय राजतन्त्रात्मक शासन। सन २००८ मात्र संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापित भयाे। यी ऐतिहासिक दिन मध्ये सन १९४५ काे मे महिनाको २ तारिख वर्लिन नजिक राईखस्टाग भवनमाथि साेभियत सेनाले लाल झन्डा फहराउँदै गरेको दृश्य सबैभन्दा शक्तिशाली मानिन्छ। एकजना प्रसिद्ध फाेटाेग्राफर येझाेनी खल्देईकाे क्यामराले कैद गरेको उक्त तस्बिरले नाजी जर्मनीकाे पराजय र साेभियत संघको जितलाई जनाउँछ।
अप्रिल महिनाकाे अन्तिम सन १९४५ मा वर्लिन सहरमा साेभियत लाल सेना र नाजी सेनाबीच भिषण युद्धको चपेटामा परेको थियोे। त्यहाँ एडाेल्फ हिटलरकाे थर्ड राइख ध्वस्त हुने अवस्थामा पुगेको थियो। साेभियत लाल सेना ( Red Army) ले गाेलीकाे वर्षा गराउँदै वर्लिन सहरका गल्ली छिचोल्दै जर्मनीको संसद भवन राइखस्टागमाथि कब्जा जमायाे। मे २ काे बिहानैदेखि नै जर्मनी बम र बारुदकाे मुस्लाेले छप्पक ढाकेकाे थियोे। त्यही समय संसद भवनको टुप्पोमा एकजना साेभियत सैनिकले आफ्नो मुलुकको हसियाँ हतौडा अंकित लाल झण्डा फहराए। याे घटनाले एउटा संकेत गरेको थियोे, दाेस्राे विश्वयुद्ध र फासिस्ट,मानवताविरोधी बर्बर तानाशाही शासन अन्त्य भएको घाेषणा । याे तस्बिर देख्दा जति गौरवान्वित हुन्छन् यसको कथा उत्तिकै राेचक छ। याे घटनाको ऐतिहासिक तथ्य अनुसार तस्बिरमा एउटा मञ्चित दृश्य थियो। झण्डा त्यसअघि नै ३० अप्रिल सन १९४५ मा फहराईएकाे थियो।
तर लाल सेना र नाजी सेनाबीचकाे भिषण युद्धका कारण त्याे तस्बिर कसैको क्यामेरामा कैद हुन सकिरहेको थिएन। याे दृश्य फाेटाेग्राफर खाल्देईले देखेपछि,त्यहाँ रहेका साेभियत सेनासँग आग्रह गरेर पुनः झन्डा गाडेको तस्बिर खिचेका थिए। याे तस्बिरकाे अर्को राेचक पाटाे पनि छ। पछि तस्बिरलाई PHOTO EDITING गरेर सार्वजनिक गरेको थियो। याे काम साेभियत प्रचार मन्त्रालयले गर्न लगाएको थियोे। यसमा सैनिकले दुबै हातमा घडी लगाएका थिए। याे देखेपछि लाल सेनाले लुटपाट गरेको नकारात्मक सन्देश बाहिर फैलन सक्ने डरले सैनिककाे एउटा हातको घडी मेटाउन लगाएको थियोे। झन्डाकाे दृश्यलाई अझै कडा र आकर्षक बनाउन पृष्ठभूमिमा धुवाँकाे मुस्लो उडेकोलाई गाडा बनाएको थियोे। यसले एउटा ऐतिहासिक तस्बिरमा सत्यको सिर्जना गरेको छ।
तस्बिरमा वास्तविक झन्डा फैलाउने सैनिक मेलिटन कान्तारिया र मिखाइल याेगाेराेभ थिए। पछि यिनीहरु साेभित इतिहासका नायक बने। राईखस्टागमाथि फहराएकाे हसियाँ हतौडा अंकित झन्डाले विश्वका करोडौं मानिसलाई नाजीवादी तानाशाही र फासिस्टवादी शासनबाट मुक्त पारेको थियो। याे तस्बिरले साेभियत संघकाे दाेस्राे विश्वयुद्धमा त्याग र बलिदानलाई विश्वसामु अमर बनाएको छ। दाेस्राे
विश्वयुद्ध समाप्त भएकाे ८१ बर्षमा पनि याे तस्बिरकाे सान्दर्भिकता घटेको छैन,अझै बढेको छ। याे तस्बिरले हामीलाई युद्धको विभिषिका मात्र सम्झाएको छैन, न्यायकाे निम्ति अन्यायको विरुद्ध युद्धमा वीरताकाे महत्त्व बुझाएको छ। दाेस्राे विश्वयुद्धमा भत्किएको वर्लिन सहर नजिक त्यो भवनमाथि फहराएकाे हसियाँ हतौडा अंकित राताे झन्डालाई स्वर्ण अक्षरले लेखेको छ। इतिहासमा अन्यायकाे साम्राज्य जतिसुकै शक्तिशाली भए पनि त्यसको पतन निश्चित छ।















