Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

AI Genereat

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्ष २०८२ /८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विगत ८ महिनाको वास्तविक तथ्याङ्क र ४ महिनाको अनुमानित तथ्याङ्कका आधारमा यो अनुमान गरेको हो ।

तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्याङ्क’ अनुसार गत वर्षको तुलनामा वृद्धिदरमा केही संकुचन देखिए पनि अर्थतन्त्रका केही मुख्य क्षेत्रहरूमा भने सकारात्मक संकेत देखिएका छन्। पश्चिम एसियामा जारी युद्ध चाँडै अन्त्य हुने र त्यसका कारण भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने तथा चालु आवभित्र सम्पन्न हुने अनुमान गरिएका आयोजना चाँडै सकिने अनुमानका आधारमा यो प्रक्षेपण गरेको हो ।

You might also like

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

विद्युत क्षेत्रमा २०.९३ प्रतिशतको वृद्धि

यस वर्षको आर्थिक वृद्धिलाई मुख्य गरी जलविद्युत क्षेत्रले डोहो-याएको देखिन्छ। नयाँ आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिनु र विद्युतको आन्तरिक खपत तथा निर्यात बढ्नुले विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशतको लोभलाग्दो वृद्धिदर हासिल हुने देखिएको छ। यो समग्र २१ वटा औद्योगिक वर्गीकरणमध्येकै सबैभन्दा उच्च वृद्धि हो।

त्यसैगरी वित्तीय तथा बीमा क्षेत्रले ९.१६ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रले ५.७९ प्रतिशतको वृद्धि हासिल गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याएका छन्।

धान उत्पादन घट्ने

लक्ष्य अनुसारको उच्च आर्थिक वृद्धि हासिल हुन नसक्नुमा कृषि क्षेत्रको कमजोर प्रदर्शन मुख्य जिम्मेवार देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा झण्डै एक चौथाइ हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर यस वर्ष मात्र १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ। विशेषगरी मुलुकको मुख्य बाली धानको उत्पादन ४.१६ प्रतिशतले घट्नु र अन्य हिउँदे बालीको उत्पादनमा न्युन वृद्धि हुनुले समग्र आर्थिक वृद्धिदरलाई प्रभावित पारेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।

अर्थतन्त्रको आकार ६६ खर्ब

वृद्धिदरमा केही सुस्तता देखिए पनि नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। प्रतिव्यक्ति आयको हकमा, डलरको विनिमय दरमा भएको वृद्धिका कारण प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ डलरमा सीमित भए तापनि नेपालीको खर्चयोग्य आय भने बढेर २,०४४ डलर पुगेको छ।

उद्योग र निर्माणमा सुधार

विगतका वर्षहरूमा ऋणात्मक वृद्धि खेपेका उद्योग र निर्माण क्षेत्रमा यस वर्ष सुधार देखिएको छ। सिमेन्ट र फलामे डन्डी जस्ता निर्माण सामग्रीको उत्पादन बढ्नु र निजी क्षेत्रको मागमा सुधार आउनुले उद्योग क्षेत्र २.८३ प्रतिशत र निर्माण क्षेत्र २।२१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। सरकारी पूँजीगत खर्चमा अपेक्षित तीव्रता नहुँदा निर्माण क्षेत्रको वृद्धि भने अझै उत्साहजनक हुन सकेको छैन।

तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहनेछ, जसले नेपालको अर्थतन्त्र क्रमशः सेवामुखी बन्दै गएको पुष्टि गर्दछ।

Related

Previous Post

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

Sambridinews

Sambridinews

Related Posts

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल
TOP STORIES

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
TOP VIDEOS

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
सोमवार, बैशाख १४, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

बुधबार, कार्तिक ८, २०८०
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह

बुधबार, मंसिर ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३
भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल
TOP STORIES

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

मङ्लबार, बैशाख १५, २०८३
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
TOP VIDEOS

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

मङ्लबार, बैशाख १५, २०८३
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In