Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

AI Genereat

587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्ष २०८२ /८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विगत ८ महिनाको वास्तविक तथ्याङ्क र ४ महिनाको अनुमानित तथ्याङ्कका आधारमा यो अनुमान गरेको हो ।

तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्याङ्क’ अनुसार गत वर्षको तुलनामा वृद्धिदरमा केही संकुचन देखिए पनि अर्थतन्त्रका केही मुख्य क्षेत्रहरूमा भने सकारात्मक संकेत देखिएका छन्। पश्चिम एसियामा जारी युद्ध चाँडै अन्त्य हुने र त्यसका कारण भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने तथा चालु आवभित्र सम्पन्न हुने अनुमान गरिएका आयोजना चाँडै सकिने अनुमानका आधारमा यो प्रक्षेपण गरेको हो ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

विद्युत क्षेत्रमा २०.९३ प्रतिशतको वृद्धि

यस वर्षको आर्थिक वृद्धिलाई मुख्य गरी जलविद्युत क्षेत्रले डोहो-याएको देखिन्छ। नयाँ आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिनु र विद्युतको आन्तरिक खपत तथा निर्यात बढ्नुले विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशतको लोभलाग्दो वृद्धिदर हासिल हुने देखिएको छ। यो समग्र २१ वटा औद्योगिक वर्गीकरणमध्येकै सबैभन्दा उच्च वृद्धि हो।

त्यसैगरी वित्तीय तथा बीमा क्षेत्रले ९.१६ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रले ५.७९ प्रतिशतको वृद्धि हासिल गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याएका छन्।

धान उत्पादन घट्ने

लक्ष्य अनुसारको उच्च आर्थिक वृद्धि हासिल हुन नसक्नुमा कृषि क्षेत्रको कमजोर प्रदर्शन मुख्य जिम्मेवार देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा झण्डै एक चौथाइ हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर यस वर्ष मात्र १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ। विशेषगरी मुलुकको मुख्य बाली धानको उत्पादन ४.१६ प्रतिशतले घट्नु र अन्य हिउँदे बालीको उत्पादनमा न्युन वृद्धि हुनुले समग्र आर्थिक वृद्धिदरलाई प्रभावित पारेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।

अर्थतन्त्रको आकार ६६ खर्ब

वृद्धिदरमा केही सुस्तता देखिए पनि नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। प्रतिव्यक्ति आयको हकमा, डलरको विनिमय दरमा भएको वृद्धिका कारण प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ डलरमा सीमित भए तापनि नेपालीको खर्चयोग्य आय भने बढेर २,०४४ डलर पुगेको छ।

उद्योग र निर्माणमा सुधार

विगतका वर्षहरूमा ऋणात्मक वृद्धि खेपेका उद्योग र निर्माण क्षेत्रमा यस वर्ष सुधार देखिएको छ। सिमेन्ट र फलामे डन्डी जस्ता निर्माण सामग्रीको उत्पादन बढ्नु र निजी क्षेत्रको मागमा सुधार आउनुले उद्योग क्षेत्र २.८३ प्रतिशत र निर्माण क्षेत्र २।२१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। सरकारी पूँजीगत खर्चमा अपेक्षित तीव्रता नहुँदा निर्माण क्षेत्रको वृद्धि भने अझै उत्साहजनक हुन सकेको छैन।

तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहनेछ, जसले नेपालको अर्थतन्त्र क्रमशः सेवामुखी बन्दै गएको पुष्टि गर्दछ।

Related

Previous Post

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

Next Post

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात

मङ्लबार, माघ ३, २०७९
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनचाँदीकाे मुल्य लगातार घट्दै

आइतवार, मंसिर २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In