Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

Sambridinews by Sambridinews
आइतवार, बैशाख ६, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीको आयोजनामा विश्वशान्ति, अहिंसा र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित २५७०औँ बुद्ध जयन्ती विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । आयोजक संस्थाले कार्यक्रमको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ ।

बुद्ध जयन्तीको अवसरमा बैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ तथा पूजा–अर्चना सुरु गरिनेछ । मुख्य कार्यक्रम भने बैशाख १८ गते ऐतिहासिक र धार्मिक महत्व बोकेको बौद्ध क्षेत्रमा आयोजना गरिने भएको हो ।

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

कार्यतालिकाअनुसार बुद्ध जयन्तीको दिन बिहान ७ बजे विश्व शान्तिको कामनासहित विशेष पूजा–पाठ गरिनेछ । त्यसपछि बिहान ९ बजे ऐतिहासिक गौतम बुद्धको मूर्ति तथा ८४ लाख देवी–देवताले समर्पण गरेको काष्यप बुद्धको अस्तु र स्वयंभूको अस्तु दर्शनार्थीका लागि बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठी गुम्बामा सार्वजनिक गरिनेछ ।

त्यसैगरी बिहान १०:३० बजे विभिन्न देशका कूटनीतिज्ञ, विशिष्ट अतिथि तथा धर्मगुरुहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ । उद्घाटन समारोहमा शान्तिको प्रतीक परेवा जोडी उडाएर तथा संगी दीप प्रज्वलन गरी विश्व शान्तिको सन्देश प्रवाह गरिनेछ ।

कार्यक्रम अन्तर्गत ११:३० बजे विविध धार्मिक तथा सांस्कृतिक प्रस्तुति सम्पन्न गरी सहभागीहरूका लागि भोजन अवकाशको व्यवस्था गरिएको छ । दिउँसो २ बजेपछि ऐतिहासिक गौतम बुद्धको मूर्तिलाई बौद्ध महास्तूप परिसरमा विभिन्न धर्मावलम्बी गुरुहरू, संघसंस्था तथा भक्तजनको सहभागितामा परम्परागत परिक्रमा गरिनेछ । परिक्रमा परमपूज्य अवतारी धर्मगुरु चिनियाँ लामा, भूटि वज्र लामा ज्यू स्वयंको अगुवाइमा गरिने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका अनुसार यस कार्यक्रमले बुद्ध शिक्षाको प्रचार–प्रसार गर्नुका साथै धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देशलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा देश–विदेशका श्रद्धालु भक्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने विश्वास लिइएको छ ।

Related

Previous Post

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

Next Post

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभरी चिसाे बढ्दै

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीकाे सम्भावना

बुधबार, फाल्गुन ३, २०७९
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

शुक्रबार, भदौ १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In