Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

Sambridinews by Sambridinews
शनिबार, बैशाख ५, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं, बैशाख ५, त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जितेकी हुन् ।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भएको हो । दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए । केएमजीका अध्यक्ष कैलाश सिरोहिया, प्रमुख कार्यकारी अधिकृत महेश स्वा“र, प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले झन्डोतलन गरेका थिए ।
हाफ म्याराथनबाहेक कर्पाेरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । कान्तिपुर हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढि ४ हजार धावकले सहभागिता जनाएका थिए । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जना दौडिएका थिए ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हु“दै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर टुंगिएको दौड राजनले १ घन्टा ४.०३ मिनेटमा पुरा गरे ।
शीर्ष ३ मा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रहयो । अर्जुन बुढा १ घन्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घन्टा ६.५ सेकेन्डका साथ तेस्रो भए । आर्मीका खडकबहादुर खड्काले जितेका थिए । काठमाडौंका तीर्थ पुन १ घन्टा ७.४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ १ घन्टा ८.०२ मिनेटका साथ पा“चौं र आर्मीकै नरेन्द्र राउत १ घन्टा ९ मिनेट ०३ सेकेन्डका साथ छैटौं भए ।
सन्तोषीले १ घन्टा १८.११ मिनेटमा पुरा गरेर विजेता बनेकी हुन् । धादिङकी उनले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा पुरा गरेकी थिइन् । कान्तिपुर हाफ म्याराथनका पुरुष र महिलातर्फको विजेतालाई नगद १ लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो ।
आर्मीकी निशा पाल १ घन्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए । आर्मीकी निर्मला केसी १ घन्टा २५.५४ मिनेटका साथ चौथो, एपीएफकी फुलमती राना १ घन्टा २८.४३ मिनेटका साथ पा“चौं र सोनसरी रोकाया १ घन्टा ३२.०३ सेकेन्डका साथ छैटौं भए ।
हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार नगद पाएका थिए ।
अजय पाण्डेले एक्स्ट्रिम कलेज रन (७ किमि) जितेका छन् । उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जिते । धमेन्द्र शर्मा दोस्रो र विश्वराम कु“वर तेस्रो भए । धमेन्द्रले २६ मिनेट १८.४० सेकेन्ड र विश्वरामले २६ मिनेट २०.४५ सेकेन्डमा दौड पूरा गरेका थिए ।
कलेज रनकै गल्र्सतर्फ अनुसिया तण्डुकारले उपाधि जितिन् । उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरेका थिए । सजिना रामदाम ३६ मिनेट ३८.०० सेकेन्डबाट दोस्रो र सम्झना कुलुङ ३८ मिनेट ०७.०० सेकेन्डबाट तेस्रो भए । यस कलेज रनमा झन्डै १ हजारको सहभागिता रहेको थियो ।
कलेज रन विजेता इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल हेर्न जाने छन् । आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्ने गर्न लागेको हो । कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
पुकार बस्नेत र कुसुम तामाङले कर्पोरेट तथा इन्फ्लुन्सर तर्फ विजेता बने । ५ किलोमिटर दुरीमा भएको दौडमा माउन्ट एभरेस्ट सेकेन्डरीका पुकारले १७ मिनेट ४२ः६० सेकेन्डमा पूरा गरे । श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र जयमाता दुर्गा यातायातका युन राई १९ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए ।
महिलातर्फ कुसुमले २४ मिनेट २८.३८ सेकेन्डमा दुरी पार गरिन् । कल्पना महर्जनले २४ मिनेट ३०ः०१ सेकेन्डमा दुरी पार गरेर दोस्रो हु“दा बोलिभा केसीले २४ मिनेट ५४ः६८ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् । कर्पोरेट रनका विजेताहरूले विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका थिए ।
रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल ह्विलचेयरतर्फ विजेता बनेका छन् । रमेशले ९ मिनेट २९.२२ सेकेन्डको टाइमिङ निकाले । दीपक आलेमगर ११ मिनेट ०६.०२ सेकेन्डका साथ दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७.०५ सेकेन्डका साथ तेस्रो भए । पहिलो तीनै स्थानमा आएका काठमाडौं जोरपाटीका हुन् ।
महिलातर्फ अछामकी ऐश्वर्यले १२ मिनेट २६.९९ सेकेन्डमा पुरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्री मगर १३ मिनेट ३०.६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०.०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पाए ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स थियो । यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको थियो ।

Related

Previous Post

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

Next Post

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

अब टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

बुधबार, साउन ९, २०८१
नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा छनोट

नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा छनोट

शुक्रबार, कार्तिक १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In