Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, बैशाख ५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” आयोजना गरिएको छ। उक्त कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो।

कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्‍याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सो अवसरमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिँदै भन्नुभयो, “नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ। यदि सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ।” उहाँले थप्नुभयो, “घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक ज्ञान र सीप सेफहरू मार्फत विस्तार गर्न सकिन्छ, जसले यसको दीगो प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ।”

साथै उहाँले कार्यक्रमले स्थानीय खाद्य परम्पराको संरक्षण, स्वास्थ्यकर भोजनको प्रवर्द्धन तथा पर्यटनसँग यसको अन्तरसम्बन्धलाई प्रभावकारी रूपमा उजागर गरेको उल्लेख समेत गर्नुभयो ।

विशिष्ट अतिथि गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले स्वास्थ्य र प्राकृतिक भोजनबीचको सम्बन्धबारे प्रकाश पार्दै भन्नुभयो, “प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन्। आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ।” उहाँले रैथाने खानाको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक पहल अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा आयोजक संस्थाका तर्फबाट बोल्दै ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हाम्रो मौलिक खाना केवल परिकार मात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो। यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता हो।” उहाँले सञ्चारमाध्यमले यस अभियानलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको उल्लेख गर्दै भन्नुभयो, “हिमाल, पहाड र तराई सबै क्षेत्रका खानाहरूले नेपालको सांस्कृतिक विविधता झल्काउँछन्, जसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिन्छ।”

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्‍याउने बताउँदै भन्नुभयो, “यदि रैथाने खानालाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने यसले स्थानीय उत्पादन र रोजगार दुवैलाई टेवा पुर्‍याउँछ।”

पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भन्नुभयो, “पर्यटकहरू नयाँ स्वादको खोजीमा हुन्छन्, र हाम्रो रैथाने खाना उनीहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छ।”

युवा उद्यमी तारालाल धरेलले रैथाने खानालाई व्यवसायिक रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे अनुभव साझा गर्दै भन्नुभयो, “स्थानीय उत्पादनलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दा नयाँ बजार सिर्जना गर्न सकिन्छ, जसले उद्यमशीलताको ढोका खोल्छ।”

रैथाने अभियन्ता तिलक ढकालले रैथाने खाना स्वास्थ्यकर हुने जनाउँदै भन्नुभयो, “रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

कार्यक्रममा न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खाना, प्राकृतिक भोजन तथा यसको व्यावसायिक सम्भावनाबारे निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “हामी यस अभियानलाई निरन्तरता दिँदै रैथाने खानाको प्रवर्द्धनमा सक्रिय रूपमा लागिरहनेछौं।”

न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारहरूको आकर्षक प्रदर्शनी समेत गर्नुभयो। कार्यक्रममा सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद चखाइएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related

Previous Post

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

Next Post

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण

इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण

शुक्रबार, भदौ २०, २०८२
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मङ्लबार, पुस २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In