Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, पुस ९, २०७९
in FEATURED
0
१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सकिएकाे छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुस ८-९ गते भएकाे साधारणसभाले महासंघ महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पनि पारित गरेकाे छ । 

महासंघकाे घाेषणापत्र २०७९ 

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ पुस ८–९ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै यो घोषणा जारी गर्दछ ।

१. नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याएका छैनन् । यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ । साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ ।

२. इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हनन्मा नयाँ चुनौतीहरू थपिएको सन्दर्भमा यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गर्दछ । साथै, सम्वद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि जोडदार माग गर्दछ ।

३. मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रसारणसहितका विभिन्न सञ्चार कानूनहरू २०७४–२०७९ को संघीय संसदबाट निर्माण हुन नसक्नु दुःखद् विषय हो । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विद्यमान कानूनमा सुधारसमेत भएन । तसर्थ, यो केन्द्रीय साधारणसभा संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानूनहरूमा सुधार ल्याउन सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ ।

४. श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू अझैसम्म श्रमजीवी पत्रकारहरूले प्राप्त गर्न नसकेको यथार्थप्रति गहिरो चासो राख्दै यो साधारणसभा सो ऐन तथा नियमावलीको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्वद्ध पक्षसँग माग गर्दछ । यसका साथै महासंघलाई ट्रेड यूनियन संस्थाका रुपमा सामूहिक सौदावाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गर्दछ । यसका निम्ति श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको दबाबमूलक कार्यक्रम तथा कानूनी उपचारलाई अझ सशक्त बनाउन यो साधारणसभा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई निर्देश गर्दछ ।

५. साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दीगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो साधारणसभा माग गर्दछ । साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ ।

६. श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि यो साधारणसभा सरकारसँग जोडदार माग गर्दछ ।

७. नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन यो साधारणसभाले विशेष प्रस्तावबाट गठन गरेको समितिलाई विधानको व्यवस्थाअनुरुप आगामी निर्वाचनमा कार्यान्वयन हुने गरी अद्यावधिक गर्न निर्देश गर्दछ ।

८. मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आह्वान गर्दछ ।

९ छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएको अवसरलाई आत्मसात गर्ने गरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई अभियानकै रुपमा अघि बढाउन निर्देश गर्दछ ।

१०. पत्रकार परिचयपत्र (सूचना विभागले जारी गरेको प्रेस पास) बाट बञ्चित हुँदा श्रमजीवी पत्रकारहरुलाई सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भएकाले प्रेस पासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्वद्ध सबै निकायलाई अपिल गर्दछ ।

११. नेपाल पत्रकार महासंघ संविधानसभाबाट नयाँ संविधान निर्माणसँगै त्यसको मर्मअनुसार संघीय संरचनामा जाने पहिलो संगठन भएको तथ्य जगजाहेर नै छ । यो साधारणसभा महासंघका विधानअनुरुप हरेक संरचनालाई स्वायत्त, क्रियाशील एवं सवल बनाउन प्रण गर्दछ ।

१२. सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न माग गर्दछ ।

१३. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ ।

१४. सांस्कृतिक र पर्यटकीय रुपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै यस प्रदेशमा रहेका रारा ताल, शे–फोक्सुण्डो ताल, कुपिण्डे दह, काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यैलगायतका सबै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सम्वद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि सबै तहका सरकारलाई यो केन्द्रीय साधारणसभा आह्वान गर्दछ । र, नेपाल पत्रकार महासंघ पनि त्यस अभियानमा विभिन्न रुपमा सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउँदछ ।

१५. नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय जीवनबहादुर शाही, विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारसम्वद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका केन्द्रीय परिषद् सदस्यलाई यो साधारणसभा धन्यवाद ज्ञापन गर्दछ । साथै, आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, संयोजनका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका साथै सहयोगका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

Related

Previous Post

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

Next Post

ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल नजाने

शेखर कोइरालाले आफ्नो पक्षका मन्त्रीहरूलाई राजीनामा गर्न आग्रह

मङ्लबार, भदौ २४, २०८२
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

मनकामना केबलकार नियमित मर्मतपछि कात्तिक २ गतेबाट पुन:सञ्चालनमा आउदै

बिहिबार, कार्तिक १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In