Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

Sambridinews by Sambridinews
शनिबार, चैत्र ७, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, चैत ६ः सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन–पार ६९ खेलेका उनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे ।
उनको यो करियर १४औं उपाधि हो। उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे। यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए।
आज ४–अन्डर ६५ खेल्दै समग्रमा २–अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए। उनले नगद १ लाख २५ हजार हात पारे। एमेच्योर राहुल विश्वकर्माले ४–अन्डर ६५ को स्कोरकार्ड बनाए। समग्रमा १–अन्डर २ सय ६ सहित तेस्रो भए।
धरानका गल्फर शुक्र बहादुर राईले ४–ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २–ओभर २ सय ९ सहित चौथो भए। प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए। जयराम श्रेष्ठले आज ६–ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७–ओभर २ सय १४ सहित पाँचौं स्थानमा चित्त बुझाए। उनले ८२ हजार प्राप्त गरे।
पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौं भए। उनले समग्रमा ८–ओभर २ सय १५ स्कोर बनाए। आजको खेल ३–ओभर ७२ मा पुरा गरे। उनले नगद ७२ हजार पाए। समग्रमा १०–ओभर २ सय १७ सहित भुवन कुमार रोक्का र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थान बाँडे। भुवनले ३–ओभर ७२ र दिनेशले २–अन्डर ६७ को स्कोर निकाले। उनीहरूले समान ६५ हजार प्राप्त गरे।
यस्तै समग्रमा १२–ओभर २ सय १९ बनाएका तोरण विक्रम शाही नवौं हुँदै ५१ हजारको हकदार बने। आज उनले २–ओभर ७१ मा खेल सकाए। १३–ओभर २ सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्तरुपमा दशौं भए। आज रमेशले ७–ओभर ७६ र सुरेशले ६–ओभर ७५ मा खेल सकाए। उनिहरुले ४४ हजार नगद पुरस्कार हात पारे।
भुवनसँग अन्तिम १८ होलको खेल सकिंदा मात्र १ स्ट्रोकको अग्रता थियो। तर शुक्र र जयरामले सुरूवातदेखि नै खेल बिगार्दा भुवनलाई सजिलो भयो। छैटौं होलमा बोगी खेपेका उनले आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए। यसपछि बाकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन नसके पनि सञ्जय लामाले चुनौती दिएका थिए। तर भुवनले ब्याक नाइन पनि इभन–पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भएका हुन्। भुवनले १० औं र १३ औं होलमा बर्डी तथा १२ औं र १७ औं होलमा एक–एक सट खेर फाले।
सञ्जयले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। दोस्रो र छैटौ होलमा एक–एक सट खेर फाले। ब्याक नाइनमा उनले पाँच वटा होलमा बर्डी प्रहार गरे। १० औं होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे। तर १२ औं र १८ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३२ मा पुरा गरे।
एमेच्योर राहुलले सातौं होलको बोगीका विरूद्ध पहिलो र पाँचौं होलमा एक–एक सट बचाए। फ्रन्ट नाइन १–अन्डर ३३ खेले। यसपछि ४–पारको १३ औं होलमा इगलको सफलता प्राप्त गरेका उनले १६ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा १८ औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फको उपाधि जिते। किशन परियारलाई २२ स्ट्रोकले हराए। किशन दोस्रो भए। उनले समग्रमा २१–ओभर २ सय २८ को नतिजामा प्रतियोगिता पुरा गरे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटि जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थान सम्मका प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे ।

You might also like

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

Related

Previous Post

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

Next Post

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

by Sambridinews
सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

by Sambridinews
सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
Next Post
विपी राजमार्ग एकतर्फी सञ्चालन

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बक्सिंग संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न

बक्सिंग संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न

शुक्रबार, पुस १५, २०७९
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिबार, साउन ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In