Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
in FEATURED, TOP STORIES
0
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २१, काठमाडाैं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ ।

नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो ।

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ ।

निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकेको छ ।

यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

निर्वाचन लोकन्तको सबैभन्दा ठूलो अनुष्ठान

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् ।

आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उहाँले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि भएको उनको भनाइ छ ।

Related

Previous Post

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

Next Post

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण

सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण

शुक्रबार, अशोज २८, २०७९

वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In