Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचनको समयमा बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक गतिविधि, प्रचारप्रसार, जुलुस, आमसभा तथा दलगत कार्यक्रममा प्रयोग नगर्न आग्रह गर्दै विगतदेखि नै अभियान सञ्चालन गर्दै आएको छ । सिजपले, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका संस्थाहरू, बालअधिकारका लागि कार्यरत नागरिक संघसंस्थासँगको सहकार्य तथा समन्वय गर्दै राष्ट्रिय, प्रदेश र स्थानीय तहमा सचेतनामूलक तथा पैरवी कार्यक्रमहरू सञ्चालन गरेको छ ।

निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो तर यस क्रममा जबरजस्ती बालबालिकाको सहभागिता, दुरुपयोग वा राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु बालअधिकारको गम्भीर उल्लङ्घन हो । नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, निर्वाचन आचारसंहिता, २०८२ ले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट सुरक्षित राख्न स्पष्ट व्यवस्था गरेको भए तापनि निर्वाचनको क्रममा बालबालिकालाई सामाजिक सञ्जालको माध्यमबाट पक्ष विपक्षको रूपमा रिल, भिडियो, टिकटक आदिमा एआइको समेत प्रयोग गरी भोट माग्ने गरिएको, विद्यालयमै विद्यार्थीसँग कुनै पार्टीलाई भोट दिनको लागि शिक्षकबाट नै सूचित गरिएको ¥याली, जुलुस, स्वागत र भेटघाटको नाममा विद्यालय पोशाक सहित सहभागी गराइएको झण्डा, व्यानर, टिसट, क्याप, लोगो लगाई प्रचारमा हिड्न प्रेरित तथा सहभागी गराइएको, निर्वाचनको केन्द्रहरुमा हप्तादिन अघिदेखि नै हातहतियार सहित विद्यालय क्षेत्रभित्र सुरक्षाकर्मी प्रवेश गरिएको जस्ता निर्वाचनका क्रममा बाल अधिकार उलंघन भएका १५० भन्दा बढी घटनाहरु सिजपमा अभिलेखीकरण गरिएको छ । ७५ भन्दा बढी घटनाहरु आवश्यक कानुनी कारवाहीका निम्ति निर्वाचन आयोगमा उजुरी गरिएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

निर्वाचनको मिति नजिकिदै जाँदा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका, बैकल्पिक स्याहारमा रहेका बालबालिका, विभिन्न कारणले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका, निर्वाचनका क्रममा थप असुरक्षित हुने र निर्वाचनका क्रममा दुरुपयोग हुनसक्ने अवस्थाप्रति सचेत रहन सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

आगामी निर्वाचनलाई पूर्ण रूपमा बालमैत्री र सुरक्षित बनाउनका लागि सिजप निम्न विषयमा आग्रह गर्दछः
१. राजनीतिक दल तथा उम्मेदवारहरूले बालबालिकालाई कुनै पनि प्रचारप्रसार, जुलुस वा आमसभामा सहभागी नगराउन गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गर्न,
२. विद्यालय तथा शिक्षकहरूले विद्यार्थीहरूलाई निर्वाचन गतिविधिबाट टाढा राख्न र निर्वाचनका सन्दर्भ र बिदाको दिनहरुमा गर्नसक्ने सिर्जनात्मक कार्यतर्फ सूसुचित गर्न,
३. स्थानीय तह, सुरक्षा निकाय, अनुगमन तथा पर्यवेक्षण संयन्त्रहरूले बालअधिकार उल्लङ्घनका घटनामा निगरानी गर्न र तुरुन्त कारबाही तथा सिफारिस प्रक्रिया अगाडि बढाउन,
४. राजनीतिक पार्टी, अभिभावक तथा समुदायले बालबालिकालाई राजनीतिक प्रयोगबाट जोगाउन सक्रिय भूमिका निर्वाह गर्न,
५. सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग गरी विभिन्न राजनीतिक दलको समर्थन र विरोधको नाममा बनाइएको  भिडियोहरू सियर, लाइक, कमेन्ट नगर्न, उक्त सामग्रीहरु तत्काल हटाउनको लागि सम्बन्धित निकायमा उजुरी दिन,
६.  हिंसा, युद्ध, द्वन्द्वत्मक गतिविधिका भिडियो, श्रव्य दृष्य, प्रचारप्रसार, प्रयोग, प्रकाशन र प्रशारणबाट बालबालिकालाई जोगाउन, बालबालिकासँग सकारात्मक छलफल गरी यस्ता गतिविधिबाट हुनसक्ने मानसिक समस्याबाट जोगाउन,
७. मतदान केन्द्र रहेका विद्यालयहरुमा निर्वाचन कार्य सम्पन्न भएपश्चात् विद्यालयहरु सफा गर्न, विद्यालयका भौतिक संरचना यथास्थानमा राख्न र व्यवस्थित गर्न,    
८. बाल अधिकार उल्लंघनका घटनाहरुको जानकारी पाउन साथ बाल हेल्पलाइन सेवा १०९८, नेपाल प्रहरीको नम्बर १००, राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय बाल अधिकार समिति, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग र बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुमा सूचना प्रवाह गर्न, आदि ।
निर्वाचनसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरूलाई बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी आगामी निर्वाचन पूर्ण रूपमा बालअधिकारको सम्मान गर्दै सम्पन्न गर्न सिजप हार्दिक अपिल गर्दछ ।

Related

Previous Post

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

Next Post

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आइतवार, कार्तिक ५, २०८०
मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

आइतवार, असार ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In