Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उधौली पर्व र योमरी पर्व

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २२, २०७९
in FEATURED
0
उधौली पर्व र योमरी पर्व
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ ।

आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि मनाइँदै छ ।

You might also like

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

आज सोनाम ल्होसार पर्व मनाइँदै

मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवीलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

योमरी पूर्णिमा
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।

उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ । आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।

Related

Previous Post

प्रदूषण जाँचपास विनाका सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना

Next Post

काठमाडाैंमा मेलम्चीकाे पानी वितरण हुदै

Sambridinews

Sambridinews

Related Posts

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

by Sambridinews
सोमवार, माघ ६, २०८२
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना
FEATURED

आज सोनाम ल्होसार पर्व मनाइँदै

by Sambridinews
सोमवार, माघ ६, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
Next Post
काठमाडाैंमा मेलम्चीकाे पानी वितरण हुदै

काठमाडाैंमा मेलम्चीकाे पानी वितरण हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

बिहिबार, जेष्ठ २५, २०८०
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना
FEATURED

आज सोनाम ल्होसार पर्व मनाइँदै

सोमवार, माघ ६, २०८२
कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

आइतवार, माघ ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In