Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

Sambridinews by Sambridinews
सोमवार, पुस २१, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गर्नुभयो । “नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ । अध्यक्ष ढकालले भन्नुभयो । ”

अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) ९व्यष्लत द्यगकष्लभकक ऋयगलअष्०ि शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी दिंदै यसलाई छिट्टै अन्तिम रुप दिनुपर्ने बताउनु भयो । “नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ, अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ । ” उहाँले भन्नुभयो । अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यवसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राख्नुभयो । उहाँले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताउनु भयो । अध्यक्ष ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेकोमा जोड दिनुभयो ।

You might also like

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमाननसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताउनुभयो । सो अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजवुत बनाउने बताउनु भयो । साथै उहाँले आउने दिनमा महासंघसंगको सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिनुभयो । साथै उहाँले नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) लाई छिट्टै अन्तिम रुप दिने विषयमा आफु सकारात्मक रहेको बताउनु भयो । अध्यक्ष ढकालले पछिल्लो महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधारहरूको पनि उल्लेख गर्नुभयो । नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकारले सुधारहरु गर्दै लगिरहेको जानकारी दिनुभयो । हालै नेपालमा भएको युवा (जेनजी) आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहना व्यक्त गर्ने सकारात्मक चेतनाको संकेतका रूपमा रहेको उल्लेख गर्दै यी आवाजलाई सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

अध्यक्ष ढकालले नेपालमा कतारी लगानीलाई स्वागत गर्दै नेपाली व्यवसायीलाई पनि सेवा, पर्यटन, सीप विकास र साना तथा मझौला उद्यम क्षेत्रमा कतारमा अवसर खोज्न आग्रह गर्नुभयो । नियमित व्यवसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, संयुक्त फोरम र संयुक्त व्यवसाय परिषद्को शीघ्र सक्रियताले साझा रुचिलाई ठोस परियोजनामा बदल्न सकिने उहाँको धारणा थियो । भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिनुभएकोमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उहाँले महासंघको साधारण सभामा सहभागिता जनाउने प्रतिवद्धता समेत जनाउनु भएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

Related

Previous Post

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

Next Post

स्मार्टअप्लायन्सेसरजगदम्बाहायरपर्चेजकोसाझेदारीमा 0% किस्ताकोसुविधासुरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
मङ्लबार, चैत्र २४, २०८२
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
TOP STORIES

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

by Sambridinews
मङ्लबार, चैत्र २४, २०८२
मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा
FEATURED

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

by Sambridinews
सोमवार, चैत्र २३, २०८२
चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
Next Post
स्मार्टअप्लायन्सेसरजगदम्बाहायरपर्चेजकोसाझेदारीमा 0% किस्ताकोसुविधासुरु

स्मार्टअप्लायन्सेसरजगदम्बाहायरपर्चेजकोसाझेदारीमा 0% किस्ताकोसुविधासुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १४, २०८२
नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

बिहिबार, पुस १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

मङ्लबार, चैत्र २४, २०८२
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
TOP STORIES

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

मङ्लबार, चैत्र २४, २०८२
मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा
FEATURED

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

सोमवार, चैत्र २३, २०८२
चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

आइतवार, चैत्र २२, २०८२
कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
FEATURED

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

आइतवार, चैत्र २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In