Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।” उहाँले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताउनुभयो । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।

You might also like

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

“नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो । नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताउनुभयो । उहाँले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिनुभयो । भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभयो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उहाँले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Related

Previous Post

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

Next Post

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
Next Post
ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाकाे प्रस्ताव

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाकाे प्रस्ताव

मङ्लबार, फाल्गुन ९, २०७९
केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

मङ्लबार, साउन ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने
FEATURED

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

बिहिबार, मंसिर २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In