Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १७, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ‘परान’ ले दर्शकको चौतर्फी प्रशंसा पाउन थालेपछि यति एयरलाइन्स परिवारले पनि आफ्ना कर्मचारी तथा कर्मचारीका अभिभावकसहित केएल टावरको एफक्यू सिनेमा हलमा फिल्म हेरेका छन्।

फिल्म हेरिसकेपछि यति एयरलाइन्सका कर्मचारीहरू भने निकै भावुक देखिएका थिए । कसैले आँसु पुछिरहेका थिए त कोही स्तब्ध थिए । तुरून्तै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा पनि थिएनन् । “अहिलेसम्म कुनै फिल्म हेरेर रोएको थिइनँ, आँखाबाट आँसु नै बगेको थिएन, तर यो परान फिल्मले रूवायो ।” भावुक भएका ती कर्मचारीले प्रतिक्रिया दिँदै भने, “गाउँ छाड्ने बेला कान्छो छोराले बुवालाई जब अँगालो हालेर रुन थाल्छ, त्यसबेला त झनै भक्कानिएको थिएँ, छोरा हिँडेपछि बुबा पनि रुन थाल्दा   कसैले मन थाम्न सकेनन् ।” सन्तान र अभिभावकबीचको प्रेम, विदेशमा बस्ने छोरा–बुहारीको संवाद र घर–घरकै कथा समेटिएकाले दर्शकको मन जित्न सफल भएको बताए ।

You might also like

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

बाघ भैरव टिम च्याम्पियन

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । फिल्मले बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लि. ले निर्माण गरेको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले यति एयरलाइन्सले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक उर्जा सुदृढ गर्ने विश्वास गरिएको छ ।

Related

Previous Post

राष्ट्रपति पौडेल कतार प्रस्थान

Next Post

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

Sambridinews

Sambridinews

Related Posts

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
Next Post
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एकै परिवारका १६ जना सम्पर्क विहीन

एकै परिवारका १६ जना सम्पर्क विहीन

सोमवार, साउन १२, २०८२

सिन्धुलीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

शनिबार, पुस १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In