Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

Sambridinews by Sambridinews
आइतवार, भदौ १५, २०८२
in FEATURED, TOP STORIES
0
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  चीनका राष्ट्रपति सी चिनफिङसँग नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । शनिबार बेइजिङमा राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा  उनले यो प्रस्ताव गरेका हुन् ।

शाङ्घाई सहयोग संगठनकै शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा शनिबार उनको बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

प्रधानमन्त्री ओलीको यो प्रस्तावमा राप्ट्रपति सीले सकारात्मक धारणा राखेका छन् ।

‘चीन नेपालसँग संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चमा सहकार्य गर्न तयार छ,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

राष्ट्रपति सीले नेपाललाई समृद्धि यात्रामा सहयोग पुर्‍याउन आफ्नो देश सधैं तयार रहेको बताएका छन् ।  उनले नेपालका विकास प्रयासहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल–चीन सम्बन्ध ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित रहेकाले दुवै देशबीचको मित्रता अझ मजबुत हुँदै आएको बताए ।

राष्ट्रपति सी ले नेपाललाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न समर्थन गर्ने उल्लेख गरे ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल–चीनबीच पहिले नै सहमति भएका परियोजना, बीआरआई अन्तर्गतका कार्यक्रमहरूलाई शीघ्र कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

यसको जवाफमा राष्ट्रपति सीले ‘एक चीन नीति’प्रति नेपालले देखाएको दृढ प्रतिबद्धताप्रति धन्यवाद दिँदै नेपाल–चीनबीच सहमत  भएका बीआरआई अन्तर्गतका परियोजनाहरू छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले सीसँग मल, पेट्रोलियम अन्वेषण, मानव स्रोत विकास, जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि तथा जनस्तरको सम्बन्ध विस्तारमा चीनको सहयोग आवश्यक रहेको भन्दै ध्यानकर्षण गराएका थिए ।

भेटवार्तामा दुवै नेताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै भविष्यमा पारस्परिक लाभदायी सहकार्यलाई अघि बढाउने प्रतिवद्धता जनाएको विज्ञप्तिमा छ ।

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै शाङ्घाई सहयोग संगठनको  शिखर सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गरे ।

ओलीले भारत–चीनबीच हालै लिपुलेक हुँदै व्यापार गर्ने समझदारीमा नेपालको कडाभन्दा कडा आपत्ति रहेको कुरा पनि चिनियाँ राष्ट्रपति सीलाई जानकारी गराका थिए । उनले सो भूभाग नेपालकै भएको स्पष्ट पार्दै नेपाल सरकारको दृढ विरोध दर्ता भएको बताएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

प्रधानमन्त्री ओली र उनको टोली आजै अपराह्न तियानजिन पुगेको छ । तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा विश्वका विभिन्न नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । आइतबार प्रधानमन्त्री ओली राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले आयोजना गर्ने स्वागत भोज र सांस्कृतिक कार्यक्रममा पनि   सहभागी हुनेछन् ।

Related

Previous Post

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

Next Post

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जब मार्क्स फर्किए

जब मार्क्स फर्किए

बिहिबार, बैशाख ७, २०८०
साझा सपना र संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ

साझा सपना र संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In