Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट चरम अन्याय र धोकाधडी भएको आरोप

Sambridinews by Sambridinews
शुक्रबार, साउन २४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट चरम अन्याय र धोकाधडी भएको आरोप
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

विज्ञप्तिमा भनिएको छ,‘आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत जीवनमा असर पारेको छ ।’

संस्थाका महासचिव देवान राईको अनुसार वि.सं. २०७२ साल तत्कालीन संघका अध्यक्ष महेश तामाङले आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट फोर्स कम्पनीको ९ सिट क्षमताको ‘गामा’ जिप खरिद गरेका थिए ।

२०७३ सालमा कम्पनीका तत्कालीन बजार व्यवस्थापक सन्तोष नेपालसँग भएको छलफल र उनले दिएको आश्वासनपछि प्रालिले आफ्नो संस्थामा फोर्स कम्पनीका गाडीहरू भित्र्याउने सहमति गरेको थियो ।

कम्पनीले गाडीको प्रदर्शन, विशेषगरी कच्ची सडकमा यसको मजबुती र विश्वसनीयताको बारेमा ठूला–ठूला दाबीहरू प्रस्तुत गरेको थियो । सोही विश्वासमा परेर संस्थामा आबद्ध हुने नयाँ व्यवसायीहरूले फोर्स कम्पनीकै गाडी किन्ने एक सहमति समेत गरी परीक्षणका लागि सुरुमा एउटा फोर–ह्वील गाडी खरिद गर्ने निर्णयमा भएको थियो । 

सोही निर्णयबमोजिम महासचिव राईले वि.सं. २०७३ साल जेठ ११ गते ग १ ज ६६५८ नम्बरको १३ सिटे क्रुजर फोर–ह्वील जिप खरिद गरें ।

उक्त गाडीको मूल्य रु. ४० लाख ५० हजार कायम गरी रु. ८ लाख १० हजार डाउन पेमेन्ट आयामका तत्कालीन प्रबन्ध निर्देशक राजन लम्साललाई बुझाइयो र बाँकी रकम सिद्धार्थ बैंक, महाराजगञ्ज शाखाबाट ऋण लिएर गाडी सञ्चालनमा ल्याइएको थियो । 

फोर्स गाडी किन्न आकर्षित गर्न कम्पनीले गाडीमा जर्मनीको विश्वप्रसिद्ध ’मर्सिडिज बेन्ज’को इन्जिन छ । इन्जिन, गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी छ भनिएकोमा व्यवहारमा यी सबै दाबीहरू केवल फसाउने जाल मात्र साबित भएको उनी बताउँछन् । 

इन्जिन सिजः फोर–ह्वील गाडी किनेको एक महिनामै गुड्दागुड्दै इन्जिन सिज हुने, टायर फुत्किनेः गाडी गुडिरहेकै अवस्थामा पटक–पटक टायर फुत्किएको जस्ता प्राविधिक समस्या देखिएको उनको भनाई छ । 

हलेसीस्थित कदुवा भन्ने ठाउँमा म देवान राईको गाडी टायर फुस्किदा गाडी भित्ता ठोकिन पुग्यो, १३ यात्रु घाइते भएको उनले जानकारी दिए ।

यस्तो छन् मागहरु
१.कम्पनीको ग्यारेजमा थन्किएर बसेको (देवान राई) सहित अन्य व्यवसायीहरुको गाडीको सम्पूर्ण हरहिसाब गरी आजसम्मको बैंकको साँवा–ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउने ।

२.फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान गरियोस् ।

३. कम्पनीले आफ्ना कमसल गाडीहरूमा देखिएको प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको उचित व्यवस्थापन गरोस् ।

४. राज्यका सम्बन्धित निकायहरू (यातायात व्यवस्था विभाग, वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण मञ्च) ले यस विषयमा गम्भीर छानबिन गरी दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याओस् ।

Related

Previous Post

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

Next Post

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

आइतवार, चैत्र ९, २०८१
चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

शनिबार, पुस २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In