काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ ।
फन्डले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको योजना व्यवस्थापक संचालक समितिको बैठकले यो वर्ष कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश दिने भएको हो ।
लाभांश वितरण प्रयोजनका लागि आगामी साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने समेत निर्णय गरेको छ ।
योजनाको कोष प्रबद्र्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ ।