Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

Sambridinews by Sambridinews
शनिबार, असार २८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभइ समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।

४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि आभार व्यक्त गरे ।

स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ । मुलुकको आधुनिक बैंकिङका लागि पर्याय बनेको नबिलले सरकारको मौद्रिक तथा राजस्व नीतिअनुरुप वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विगत चार दशकमा आफ्नो पहुँच र प्रभाव दुवैलाई विस्तार गर्दै अगाडि बढेको छ । 

बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले सुरुआती दिनदेखि आजसम्म वित्तीय क्षमता मात्र नभइ ग्राहकको विश्वास र संस्थाको मजबुत आधारशिला स्थापना गरेको छ ।

यस अवधिमा विकासको दृष्टिकोणले महत्वपूर्ण मानिने क्षेत्रहरूमा बैंकको कर्जा प्रवाह उल्लेखनीय देखिन्छ । जस्तै, जेष्ठ मसान्त सम्ममा कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४० अर्ब रुपैयाँ ३ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादनमा सहयोगी हुँदै, सूक्ष्म, लघु, साना तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड रुपैयाँ र ब्याज अनुदानित योजनामार्फत ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको छ । यी लगानीहरूले उत्पादन वृद्धिसँगै रोजगारी सृजनामा समेत योगदान पु¥याएको छ । 

सूचकांकमा अब्बल
नबिल बैंकको चार दशक लामो वित्तीय यात्रा हेर्दा, बैंकले हरेक प्रमुख सूचकहरूमा अत्यन्तै सकारात्मक प्रगति गरेको छ । पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, सम्पत्तिदेखि शाखा विस्तारसम्म र मानव संशाधनमा बैंकले आफूलाई अब्बल बनाएको छ । चार दशकभन्दा बढी लामो यात्रामा नबिल बैंक एउटा वित्तीय संस्था मात्रै नभई, नेपालका लाखौं नागरिकको सपना र समृद्धिको सहयात्री बनेको छ ।

आर्थिक वर्ष २०४१÷४२ मा बैंकको नेटवर्थ दुई करोड ८० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ६१ अर्ब २४ करोड ७० लाख पुगेको छ भने निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर आव २०८१÷८२ मा आइपुग्दा ५ खर्ब १० अर्ब ६६ करोड ९० लाख पुगेको छ । 

बैंकका अनुसार कर्जा प्रवाह आव २०४१÷४२ मा १३ करोड ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर ४ खर्ब १५ अर्ब ८२ करोड ९० लाख पुगेको छ । बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर आ.व २०८१÷८२ को तेस्रो त्रैमाससम्म ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख पुगेको छ ।
 
प्रारम्भिक वर्षमा बैंकको कर पछिको नाफा १० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सुरुआती समयमा दुई वटा शाखा र १४४ जना कर्मचारीबाट सुरु भएको बैंकको यात्रा अहिले २६८ शाखा र २,४३१ कर्मचारी पुगेको छ ।

बैंकको देशभर फैलिएको सञ्जालले ग्राहक सेवा विस्तारमा टेवा पु¥याएको छ । हाल नबिल बैंकले मुलुकभर २६८ शाखा, ३२१ एटिएम र २१ एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले डिजिटल बैंकिङतर्फ मोबाइल बैंकिङ, एनबैंक, क्यूआर भुक्तानी, अनलाइन कर्जा र अनलाइन खाताखोल्ने जस्ता सेवा सुरु गरिसकेको छ ।  

वार्षिकोत्सवका विशेष योजनाहरु
४१ दिने विशेष अफर
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रतिको आभार स्वरूप ४१ दिने विशेष अफर ल्याएकोे छ । यहि असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ । यो अफर कुनै पनि बचत योजना अन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकका लागि लागू हुनेछ । 

नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा नबिल बैंकले सधैं उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। यस अफर मार्फत बैंकले अझ बढी नागरिकलाई आधुनिक बैंकिङ सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ। यो सीमित अवधिको अवसरको लाभ लिन नजिकको नबिल बैंकको शाखामा सम्पर्क गर्न सकिनेछ ।

नबिल ‘स्मार्ट नारी घर कर्जा’ योजना
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको हो ।
यस योजनाअनुसार महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । 

उक्त योजनाअन्तर्गत न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ भने पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा दिइनेछ । बैंकका अनुसार अधिकतम ३५ वर्षे अवधि र कर्जाको  आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ । यस योजना अनुरुप ग्राहकले आफुलाई सहज हुने गरी कर्जाको किस्ता रकम छान्न सक्नेछन् भने कुनै पूर्वभुक्तानी शुल्क नलाग्ने बैंकको भनाइ छ । 

यस योजनाअन्तर्गत ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ दुई लाख रुपैयाँसम्मकोे सुविधा लिन पाइने जनाएको छ । नबिल बैंकले यस योजनालाई देशभरिका आफ्ना सम्पूर्ण शाखामार्फत कार्यान्वयन गर्ने जनाएको छ ।

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

Related

Previous Post

लचिलो मौद्रिक नीति

Next Post

काभा भलिबल खेल्ने टोलीको बिदाइ

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
काभा भलिबल खेल्ने टोलीको बिदाइ

काभा भलिबल खेल्ने टोलीको बिदाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा

शुक्रबार, बैशाख २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई

रास्वपाका उपसभापतिलाई एसएमएस मार्फत धम्कि दिने व्यक्ति पक्राउ

सोमवार, साउन १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In